उर्लाबारी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङको उर्लाबारी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
विहिबार नगरपालिका कार्यालयमा उर्लाबारीका निर्वाचन अधिकृत ओमकारप्रसाद न्यौपानेले कार्यालयको उद्घाटन गरका हुन ।
कार्यालय उद्घाटन पछि आयोजित सर्वदलीय, सर्वपक्षीय छलफलमा निर्वाचन अधिकृत न्यौपानेले निर्वाचन निष्पक्ष, शान्त बनाउन सबैको साथ सहयोग आवश्यक रहेको बताए ।
उनले निर्वाचन आचारसंहिता, उम्मेद्वारी मनोनयनलगायतका विषयमा जानकारी गराएका थिए ।
छलफलमा नगर प्रमुख खड्ग फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारी, विभिन्न राजनीतिक दलका प्रमुख, संघसंस्थाका प्रमुख, पत्रकारलगायतको सहभागिता रहेको थियो ।
शान्तिपूणर् रुपमा निर्वाचन सम्पन्न गर्न साथ सहयोग गर्ने सहभागीहरुले प्रतिबद्धता जनाएका थिए ।




















