उर्लाबारी । नेपाली कांग्रेसको विध्यार्थी संगठन नेपाल विध्यार्थी सघले मंगलबार आफ्नो ५३ औँ स्थापना दिवश मनाएको छ । उर्लाबारी चौकमा दिप प्रज्वलन गरेर सघले आफ्नो ५३ औँ स्थापना दिवश मनाएको हो ।
नेपाली कांग्रेस प्रदेश १ का सहमहामन्त्री एवम उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोको प्रमुख आथिथ्यतामा सघले आफ्नो स्थपना दिवश मनाएको हो।
स्थापना दिवशको अवसरमा आयोजिक कार्यक्रममा शुभकामना मनतव्य राख्दै सहमहामन्त्री फागोले भने-नेविसघ परिवर्तन र बैचारिक शक्तिको केन्द्र हो, हालका प्रधानमन्त्री पनि कुनै सयम नेविसघमा अवद्ध भएर राजनितिक यात्रामा लाग्नु भएको थियो जो आज प्रधानमन्त्री बन्नु भएको छ, समाजमा रहेका सवैलाई समान व्यावहार गरेर अगाडी बड्नुहोस पार्टीले कामको मुल्याङकन गरेर उचित जिम्मेवारी प्रदान गर्दै जान्छ ।

नेपाल विध्यार्थी सघ उर्लाबारी नगर तर्दथ समितीको आयोजना सम्पन्न कार्यक्रममा नगर सभापति सुरेन्द्र लिम्वु, महाधिवेसन प्रतिनिधी सिता कार्की लगाएतले शुभकामना मनतव्य राखेका थिए ।
कार्यक्रममा प्रदेश- १ (क) का सभापति नरबहादुर मोक्तान, महाधिवेसन प्रतिनिधि राजन कुमार कडेल, नेपाली कांग्रेस वडा नम्वर-५ का सभापति रोहित थापा, लगाएत क्षेत्रिय प्रतिनिधिहरु र विध्यार्थीहरुको उपस्थिती रहेको थियो ।
नेपाल विध्यार्थी सघ उर्लाबारी नगर तर्दथ समितिका सभापति विबेक कार्कीको सभापतित्वमा आयोजिक कार्यक्रम नेपाल विध्यार्थी सघका पूर्व नगर सभापति दिपक भट्टराईले सचालन गरेका थिए ।




















