उर्लाबारी । करिब २५ बर्ष हङकङ बसेर आफ्नै गाउँमा केही गर्ने जमर्कोका साथ नेपाल फर्किएका पदम लिम्वुले आसन्न स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारका रुपमा वडा नम्वर ३ को अध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन् ।
आर्थिक रुपमा निकै नै सवल लिम्वुको परिवार हाल हङकङमा वसोवास गर्दै आएको छ । उनि भने स्थानिय स्तरमा केही गरौँ भन्ने सोचका साथ हङकङ त्यागेर सामाजसेवाको माध्यमबाट उर्लाबारी-३ समृद्धिको सपना बुनेर वडाध्यक्षमा उम्मेद्वारी दिन लागेको बताउछन् ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उनले वडाध्यक्षमा उम्मेद्वारी दिने घोषणा आईतवार पत्रकार सम्मेलनको आयोजना गरी व्यक्त गरेका हुन् ।
चन्दने निवासी लिम्बूले वडाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्दै चुनाबी अभियानमा होमिएको बताएका छन् । वडाको विकास र समृद्धिका लागि आफू लागिपर्ने उनले बताए ।
राजनीतिक दलप्रति जनतामा वितृष्णा पैदा भएकोले आफूले स्वतन्त्र उम्मेद्वारका रुपमा चुनावी मैदानमा होमिएको र जित्नेमा ढुक्क रहेको उनले दाबी गरेका छन् ।
२५ बर्षको हङकङमा बसाई पश्चात नेपाल फर्किएका लिम्वुले आफ्नै ठाउँमा केही बर्षदेखि निरन्तर लिम्बू सामाजिक सेवाका क्षेत्रमा कार्य गर्दै आएका छन् ।




















