रामधुनी : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले रामधुनी नगर कमिटिले गणेश गुरागाईको संयोजकत्वमा निर्वाचन परिचालन समिति घोषणा गरेको छ । रामधुनी ३ स्थित सिंगीयामा बसेको नगर कमिटिको बैठकमा तीन हजार ५ सय जना सदस्य रहनेगरी निर्वाचन समिति घोषणा गरेको हो  ।

उक्त बैठकले मुल निर्वाचन परिचालन समितिको सचिवमा प्रदीप खनाल चयन भएका छन् ।

पार्टीले स्वयम्सेवक परिचालन उपसमितिमा रेवतराम गुरुङ्ग, आर्थिक उपसमितिको संयोजकमा नवराज खड्का, प्रचारप्रसार उपसमितिको संयोजकमा गोपाल निरौलालाई चयन गरेको छ । त्यसैगरी अनुगमन तथा मूल्यांकन उपसमितिको संयोजकमा गुणराज काफ्ले, प्राविधिक तथा कार्यालय व्यवस्थापन समितिको संयोजकमा प्रदीप काफ्ले र नगरस्तरीय घोषणा पत्र मस्यौदा समितिको संयोजकमा डेगराज फूयाल चयन भएका छन् ।