बिनोद आचार्य
सुनसरी : सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै सुनसरीमा सरगर्मी बढ्न थालेको छ । २ उप महानगरपालिका, ४ नगरपालिका र ६ गाउँपालिका रहेको सुनसरीमा वडा तहदेखि नै को उम्मेदवार बन्ने भन्ने होडबाजी चल्न थालेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजय भोगेको पालिकाहरूमा पनि नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) एमाले यस पटकको निर्वाचनमा नतिजा सुधार गरेर अघि बढ्न तयारी थालेको छ ।
स्थानीय निर्वाचनका लागि नेकपा एमालेका नेता कार्यकर्ताहरू गाउँ केन्द्रित हुन थालेका छन् । सो क्रममा जिल्लाको रामधुनी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) एमाले बाट नगर प्रमुख ( नेकपा ) का लागि आकांक्षीहरू देखिन थालेका छन् ।
हाल रामधुनी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) एमालेका ४ नेताहरू नगरप्रमुख ( नेकपा ) का लागि दाबेदार देखिएका छन् । उक्त चार जनामा नेपाल कम्युनिष्ट पार्टी ९ नेकपा० एमालेका जिल्ला सह सचिव राम कोइराला, रामधुनी ५ का वडा अध्यक्ष डेगराज फुयल , शंकर लाला चौधरी र पूब जिल्ला सचिव नन्दु बस्नेत लगायत आकाङ्क्षीको रुपमा देखिएका छन् ।
यी हुन् आकाङ्क्षीहरू
राम कोइराला
आगामी स्थानीय तहको निर्वाचनमा रामधुनी नगरपालिकामा एमालेको तर्फबाट नगर प्रमुखको आकाङ्क्षीको रूपमा आएको एक नाम हो, राम कोइराला ।
विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा आएका कोइराला हाल नेकपा एमाले सुनसरी जिल्ला समितिका उप सचिव समेत रहेका छन् । रामधुनीका विश्वासपात्रका रूपमा रहेका नेता राम कोइराला राजनीतिसँगै विभिन्न सामाजिक सङ्घसंस्थामा समेत आबद्ध छन् ।
डेगराज फुयाल
हाल रामधुनी नगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष हुन डेगराज फुयाल । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै रामधुनी नगरबाट मेयरको आकाङ्क्षीको रूपमा उनको नाम चर्चामा आउन थालेको छ ।
आफ्नो कार्यकालमा रामधुनी नगरपालिका वडा नम्बर ५ को काँचुली फेरेको उहाले बताउने गनु भएका छ । आफुले स्थानीय तहको निर्वाचनका बेला वडामा बनाइएको घोषण पत्रमा सार्वजनिक गरेका काम भन्दा धेरै काम गर्न आफू सफल भएकोले गर्दा स्थानीय जनताले नगर प्रमुखको लागी उमेरदारी दिन लगाउने उहाले बताउनुभयो ।
शंकर लाला चौधरी
नेकपा एमाले रामधुनी नगरका पुराना राजनीतिज्ञका रूपमा चिनिए का नेता हुन् शंकर लाला चौधरी । आगामी स्थानीय तहको निर्वाचनमा नगर प्रमुखका आकाङ्क्षीको रूपमा समेत शंकर लाला चौधरी देखिएका छन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको बेल समेत उहा को नगर प्रमुखको आकांक्षीको रूपामा नाम चर्चा हुने गरेको थियो । आगामी स्थानीय तहको निर्वाचनमा नगरपालिका प्रमुख आकांक्षी रुपमा अघि आएका नेता चौधरीलाई अन्य आकांक्षीहरूले समेत समर्थन गर्न सक्ने उनी निकटहरू बताउँछन् ।
स्थानीय निर्वाचनको सरगर्मी बढेसँगै नेता चौधरीले कसरी अघि बढ्ने भन्नेबारे गाउँमा छलफललाई तीव्रता दिएका छन् ।
नन्दु बस्नेत
नेकपा एमालेका पूर्व जिल्ला सचिव हुन नन्दु बस्नेत । आगामी स्थानीय तहको निर्वाचनमा नेता बस्नेत पनि नगरप्रमुखको आकाङ्क्षीको रूपमा अघि देखिएका छन् । नेकपा एमालेको राजनीतिमा सक्रिय रहँदै आएका नेता नन्दु बस्नेत भने लामो समय विभिन्न संघ संस्था देखी पार्टीको जिल्ला सचिबको रुपमा पनी एक कार्यकाल सफलता पूर्बक जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
विगत लामो समय देखी नेकपा एमालेले दिएको जिम्मेवार कुशलतापूर्वक निर्वाह गरिएको उनिले हाल नगर प्रमुखका आकांक्षी भएको बताएका छन् ।




















