मोरङ : प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै समयमा चुनाव हुने बताएका छन् । मोरङस्थित सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहलाई सोमवार सम्बोधन गर्दै उनले चुनावका विषयमा कुनै आशंका नगर्न सबै जनतालाइ आग्रह समेत गर्नभयको छ । 

‘चुनाव गराउने काम निर्वाचन आयोगको हो, सरकारले आयोगलाई पूर्ण सहयोग गर्छ,’ उनले भने । 

कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारले चुनाव गराउनेमा शंका व्यक्त गरेपछि देउवाले चुनाव हुनेमा ढुक्क रहन आग्रह गरेका हुन् । 

सोमवार सुन्दरहरैँचा–८, सलकपुरमा प्रशासनिक भवन शिलान्यास गरिएको छ । सो भवन २७ करोड लागतमा निर्माण हुने नगर प्रमुख शिवप्रसाद ढकालले जानकारी दिए ।