लेटाङ। नेपाली कांग्रेस प्रदेश नं. १ का सहमहामन्त्री खड्ग फागोले विषम परिस्थितीमा देशलाई निकास दिन आफ्नो चट्टानी अडानमा बस्न सक्ने विकास प्रेमी पार्टीलाई रोज्न युवाहरुलाई सहमहामन्त्री फागोेले आग्रह गरेका छन् ।

शनिबार नेपाली कांग्रेस लेटाङ वडा नं. ९ को आयोजनामा जेष्ठ नागरिकलाई सम्मान कार्यक्रममा बोल्दै फागोले यस्तो बिचार राखेका हुन् ।

सहमहामन्त्री फागोले कम्युनिष्ट सरकारले साढे ३ वर्षमा घर-घरमा ग्याँस, पानीजहाज जस्ता महत्वकाक्षी कुराहरुलाई जनतासामु राखेर जनतालाई ढाट्दै राजनितिक फाईदा लिएर आफै पदच्युत भएको स्मरण गराउदै आउदो स्थानिय तहको निर्वाचनमा सचेत युवाले बुझेर अगाडी बढ्नुपर्ने धारण राखे ।  जनतालाई बिकास देशलाई निकास दिने एकमात्र पार्टी नेपाली कांग्रेस भएको उनको भनाई छ ।

त्यस्तै, बिशिष्ट अतिथी नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले फागुन २९ देखि चैत्र २९ सम्म सुरु भएको गाउँ गाउँमा कांग्रेस अभियानले तिब्रता पाईरहेको बताउँदै सबै नेता तथा कांग्रेसका अग्रजहरु जनताको घरदैलोमा पुग्न आग्रह गरेका छन् । जनताका समस्याका बीचमा बसेर सहजिकरण गर्न उनले सबैलाई आग्रह गरे । 

त्यस्तै, क्षेत्रीय सभापती शंकर राईले मुलुक निर्वाचनमा होमिसकेकोले कांग्रेस त्यतातर्फ पुणर् केन्द्रित हुनपर्नेमा जोड दिए । कम्युनिष्टहरुले कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई झुक्याईरहेको प्रसङ्ग कोट्याउदै निर्वाचनको बेला कम्युनिष्टको जालझेलमा नपर्न आग्रह समेत गरेका छन् ।

कम्युनिष्ट पार्टीको झन्डै २ तिहाईको मत हुँदा समेत काम गर्न नसकेर असफल हुँदै जनताको मतको अपमान गरेको भन्दै यो पटकको निर्वाचनमा नेपालभर कांग्रेसका उमेद्वारलाई बिजय गराउन उनले अपिल गरेका छन् ।

उक्त कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि ३१ जना नेपाली कांग्रेस प्रबेश गरेका छन् । नेपाली कांग्रेसले ७५ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । कार्यक्रम वडा सभापति कमल बहादुर राईको सभापतित्वमा भएको थियो ।