उर्लाबारी । नेपाली कांग्रेस प्रदेश-१ का सहमहामन्त्री खड्ग फागोले नेपाली कांग्रेसको टोल समिती विकास र परिवर्तनको मेरुदण्ड भएको बताएका छन् ।

आईतबार उर्लाबारी-३ स्थित नया मंगलबारे शिवालय टोल समिती गठन कार्यक्रमलाई सम्वोधन गर्दै सहमहामन्त्री फागोले भने-“नेपाली कांग्रेसको विधानतहः गठन हुने टोल समिती सानो आकारमा छ तर यो कांग्रेसको रणनितीक योजना र स्थानिय स्तरमा विकास र परिवर्तनका लागि ईटा थप्ने महत्वपुणर् कडी हो ।” 

गाउगाउ जाउ कांग्रेस जिताउन अभियान अन्र्तगत आइतबार नेपाली कांग्रेस उर्लाबारी-३ को आयोजनामा भएको टोल समिती गठन तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न राजनैतिक पार्टी परित्याग गरी ४१ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई सहमहामन्त्री फागोले अविर र सदस्यता वितरण गरेर पार्टीमा स्वागत गरेका थिए । यस्तै सोही अवसरमा गिर्जा बहादुर रायाको सभापतित्वमा ३३ सदस्यीय टोल समिती पनि गठन गरिएको छ ।

टोल समितिको उपसभापतिमा राजा शर्मा र सुजन लिम्वु, सचिवमा नन्दराज ढकाल र दिक्षा ढकाल, सहसचिवमा प्रविण तामाङ र पुजा श्रेष्ठ तथा कोषाध्यक्षमा मञ्जु भुजेल रहेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका स्थानिय नेता तथा वडा नम्वर ३ का वडाध्यक्ष गञ्जबहादुर कार्की, वडा सदस्य सोमप्रसाद तिम्सीना, टंकनाथ दाहल, मुक्ति न्यौपाने लगाएतको उपस्थिती रहेको थियो ।

नेपाली कांग्रेस वडा नम्वर-३ का सभापति रोहीत कार्कीको सभापत्विमा भएको कार्यक्रमको संचालन वडा सचिव प्रदिप संग्रौलाले गरेका थिए ।