मिक्लाजुङ । नेपाली कांग्रेस प्रदेश- १ का सहमहामन्त्री खड्ग फागोले मोरङको मिक्लाजुङ- १ मा नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन गरेका छन् ।
सहमहामन्त्री फागोले शनिवार मोरङका १७ स्थानियतहमध्ये अर्धपहाडी भुगोल समेटेको मिक्लाजुङ गाउँपालिकाको वाड नम्वर-१ आइतबारे स्थित बैकुण्ठे बजारमा रहेको पार्टी कार्यालयको एक कार्यक्रमका विच उद्घाटन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अथिती फागोले कार्यालयको उद्घाटन गर्दै-“नेपाली कांग्रेस समग्र मिक्लाजुङ बासीको दुःखको सारथी बन्नु पर्ने धारणा राख्दै उनले रमिते बासीले वर्षौँ देखी भोग्दै आएका खानेपानी, विधुत, स्वास्थ्य, शिक्षा र बेरोजगारीका समस्याहरुलाई निराकरण गर्नका लागि पार्टी कार्यालयले पुलको काम गर्नुपर्ने बताए ।”
नेपाली कांग्रेस मिक्लाजुङ वडा नम्वर-१ का सभापति राजकुमार राईको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमाले परित्याग गरि ओखलढुंगाका अतीत राईको नेतृत्वमा १७ जना र मकारा र बर्सेबाट रमेस राई र विशाल श्रेष्ठ गरी १९ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई सहमहामन्त्री फागोले अविर, खादा र सदस्यता वितरण गरेर पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु राम पोख्रेल, मातृका न्यौपाने, मोरङ क्षेत्र न १ (क) सभापती नर ब मोक्तान, मिक्लाजुङ सभापती बबी कुमार राई, क्षेत्रीय सचिवद्वय पर्वत राई र भिम पोख्रेल, मिक्लाजुङ उपसभापती द्वय भवानी राई र खगेन्द्र मादेन लगायतको उपस्थिती रहेको थियो ।




















