नेपाली कांग्रेस रामधुनीले अन्तरक्रिया तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

शनिबार रामधुनी ५ मा रहेको कल्प वृक्ष पार्टी प्यालेसमा आयोजना गरेको कार्यक्रममा नगर भरी रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । 

केही दिन अधि सम्म टोल कमिटी गठन मा लागेको नगर कार्यसमितिले चुनावलाई लक्षित गरी गतिविधिहरू सञ्चालन गर्न सहज होस भनी नगर भरीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिइएको नगर सभापति सुदीप अधिकारीले बताए । 

नेपाली कांग्रेस रामधुनी नगर कार्यसमितिका  सभापति सुदीप अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतीथि केन्द्रीय सदस्य राजिब कोइराला  रहेका थिए । कार्यक्रममा जिल्ला सभापति केदार भण्डारी लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो । 

प्रशिक्षण कार्यक्रममा नगर कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू र वडा कार्यसमितिमा आवद्ध ब्यक्तिहरूको सहभागिता रहेको थियो । 

 275389416_689863672362629_2761834316608190261_n