इटहरी । १२ औं स्थापना दिवसको को अवसर पारेर सुनसरीको प्रकासपुरमा रहेको पिपल बोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सरसफाई तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
बराहक्षेत्र नगरपालिका वडा नम्बर १० प्रकासपुरमा रहेको पिपल बोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४३जनाले रक्तदान गरे ।
पिपल बोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बद्रीकुमार वुढाथोकीको अध्यक्षता तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रमा ४३ जना महिला पुरुषले रक्तदान गरेका हुन । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र धरानका इन्चार्ज सुभाषचन्द्र सिंहको नेतृत्वको प्राविधिक टोलीले प्राविधिक सहयोग पुर्याएको थियो ।
रक्तदान कार्यक्रमका साथै सहकारी स्थापना दिवसको अवसरमा आयोजित सरसफाई कार्यक्रम अन्तरगत प्रकासपुर बजार क्षेत्रमा सरसफाई गरियो । त्यसै गरी फोहोर व्यवस्थापनका लागि प्रकासपुर बजार क्षेत्रका विभिन्न ठाउँमा डस्टविन समेत सहकारीले आफनो स्थापना दिवसको अवसरमा राखिदिएको छ । कार्यक्रममा गाउँवेशी सहकारी संस्थाका अध्यक्ष रविन घिमीरे , रामधुनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गणेश पौडेल प्रकासपुर प्रहरी चौकीका इञ्चार्ज सञ्जीव अधिकारी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।




















