उर्लाबारी । मोरङको उर्लाबारी-४ किसान चौकमा शनिवार आयोजित टोल समिति गठन कार्यक्रमको अवसरमा विभिन्न् पार्टी परित्याग गरी ५१ जना नेपाली काग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली काग्रेस उर्लाबारी-४ को आयोेजनामा समपन्न् कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द्र परित्याग गरी सो क्षेत्रका ५१ जना नेपाली काग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई प्रमुख अतिथि नेपाली काँग्रेस प्रदेश १ का सहमहामन्त्री खड्ग फागोले अविर, खदा लगाएर पार्टीमा स्वागत गरे ।
कार्यक्रममा प्रमुख अतिथि फागोले अन्य पार्टी परित्याग गरी काग्रेसमा आवद्धभएका हरुलाई स्वागत गर्दै काँग्रेसजन विकास, अनुसासन र गतिशिलताको सम्वाहक बन्नु पर्ने धारण राख्दै पार्टीमा लागि सकेपछि गरिब, विपन्न, दिनदुःखी किसान, मजदुर, पीडितहरुको सारथी बन्नुपर्ने बताए ।
यस्तै सोही अवसरमा किसान चौक थापाडागी टोल समिति पनि गठन गरिएको छ । टोल समितिको सभापतिमा रोशन गौतम, उपसभापतिमा अम्विका लिम्वु, सचिव दिनेश खनाल र कोषध्यक्षमा दुर्गा सुन्दास गरी ३३ सदस्यीय टोल समिति गठन भएको हो ।
कार्यक्रममा मोरङ क्षेत्र नं. १ (क) का सभापति नरबहादुर मोक्तान, मोरङ क्षेत्र नम्वर १ की सहसचिव अरुणा थापा, नगर सभापति सुरेन्द्र लिम्वु, क्षेत्रिय सदस्य प्रकाश कङदवा, वडा नम्वर ४ का वडा सभापति कल्याण राई लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम वडा सभापति प्रेम याक्खाको सभापतित्वमा भएको थियो । कार्यक्रमको सञ्चालन सचिव भिम घिमिरेले गरेका थिए ।




















