उर्लाबारी । मोरङको उर्लाबारीमा यतिवेला एमाले, माओवादी, राप्रपा लगाएतका विभिन्न् राजनैतिक पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर नै चलेको छ ।
शनिवार उर्लाबारी-२ मा आयोजित टोल कमिटी गठन तथा पार्टी कार्यालय उद्घाटन समारोहका विचमा गत स्थानिय तहको निर्वावाचनमा नेपाल कमन्युष्टि पार्टी बाट उम्मेद्वार बनेर वडा सदस्य पदमा विजयी हासिल गरेका गोविन्द चौलागाई सहित ३० जना नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।
एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका चौलागाई लाई कार्यक्रमका प्रमुख अथिति नेपाली काग्रेस प्रदेश नम्वर १ का सहमहामन्त्री खड्ग फागोले अविर र खदा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि फागोले अन्य पार्टी परित्याग गरी काग्रेसमा आवद्धभएका हरुलाई स्वागत गर्दै काँग्रेसजन विकास, अनुसासन र गतिशिलताको सम्वाहक बन्नु पर्ने धारण राख्दै पार्टीमा लागि सकेपछि गरिब, विपन्न, दिनदुःखी किसान, मजदुर, पीडितहरुको सारथी बन्नुपर्ने बताए ।
कार्यक्रममा मोरङ क्षेत्र नं. १ (क) का सभापति नरबहादुर मोक्तान, जिल्ला सदस्य गिता धिमाल, नगर सभापति सुरेन्द्र लिम्वु, प्रदेश सदस्य अर्जुन तुम्रोक, नेपाली काग्रेस वडा नम्वर-३ का सभपाति रोहित कार्की, महाधिवेसन प्रतिनिधिहरु लगयत वडा नम्वर-२ का वडा अध्यक्ष राजन कुमार कडेल, वडा नम्वर-३ का वडाध्यक्ष गञ्जबहादुर कार्की, वडासदस्यहरु लगाएतको आथिथ्यता रहेको थियो ।
नेपाली काग्रेस वडा नम्वर २ कार्यसमितिको आयोजनामा समपन्न् कार्यक्रममा वडा नम्वर २ को कटहरेमा पार्टीको वडा कार्यालय समेत उद्घाटन गरीएको छ । भने सोही अवसरमा याम खड्काको सभापतित्वमा १७ सदस्यीय कटहरे सिरुझार टोल समिति गठन गरिएको छ ।
कार्यक्रम वडा नम्वर-२ का सभापति रुद्र बरालको सभापतित्वमा भएको थियो भने कार्यक्रमको सचालन वडा सचिव राजु थापाले गरेका थिए ।




















