उर्लाबारी । मोरङको उर्लाबारी-३ चन्दनेमा नेपाली काँग्रेसले टोल समिति गठन भएको छ । विहिबार चन्दने टोल समिति गठन गरिएको छ । ३६ सदस्यीय टोल समितिको सभापतिमा खिलाराज भट्टराई, उपसभापतिमा दिपिका बुढाथोकी, धिरज निरौला, सचिवमा नरेश बस्नेत र प्रज्वल बुढाथोकी सहसचिवमा सन्तोष निरौला, सनम बोहोरा रहेका छन् ।
नेपाली काँग्रेस प्रदेश १ का सहमहामन्त्री खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रमुख अतिथि फागोले अविर, खदा लगाएर पार्टीमा स्वागत गरे ।
काँग्रेस प्रवेश गर्नेहरुमा प्रज्वल बुढाथोकी, सन्जय बुढाथोकी, सन्दिप बुढाथोकी, देविका बुढाथोकी, प्रास्ना बुढाथोकी, सविना अर्याल, अमिर परियार, निरज बुढाथोकी, लोकेन्द्र कुइकेल, सजनजङ कुवर, नरेश बस्नेत, मिलन भट्टराई, सनम बोहोरा, सजोक कार्की र प्रेम बोहोरा रहेका छन् ।
यस्तै कार्यक्रममा ज्येष्ठ नागरिक डिल्लीमाया बस्नेत, पवित्रा कुईकेल, कृतिमान थापा, हर्कबहादुर बोहोरा, जितबहादुर निरौला, यामबहादुर निरौला, दुर्गामाया बुढाथोकी, विष्णुमाया गडतौला, बसन्तादेवि बोहोरा र जानुकादेवी निरौलालाई सम्मान पत्रले सम्मान गरीएको छ । सम्मानित ज्येष्ठ नागरिकलाई कार्यक्रमका प्रमुख अथिती सहमहामन्त्री फागोले सम्मान पत्रले सम्मानित गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि फागोले अन्य पार्टीका भन्दा काँग्रेसजन फरक हुनुपर्ने धारण राख्दै पार्टीमा लागि सकेपछि गरिब, विपन्न, दिनदुःखी किसान, मजदुर, पीडितहरुको सारथी बन्नुपर्ने उनले बताए ।
कार्यक्रममा मोरङ क्षेत्र नं. १ (क) का सभापति नरबहादुर मोक्तान, नगर सभापती सुरेन्द्र लिम्वु, काग्रेस नेतृ सिता कार्की, उर्लाबारी-७ का वडाध्यक्ष वीरवल थापा, वडा नम्वर-३ का वडाध्यक्ष गञ्जबहादुर कार्की, वडा नम्वर- ३ का वडा सदस्य सोमप्रसाद तिम्सिना लगायतको आतिथ्यता रहेको थियो । वडा सभापति रोहित कार्कीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव प्रदीप सग्रौलाले गरेका थिए ।




















