रामधुनी / स्थानीय तह निर्वाचनको मिति नजिकिएपछि रामधुनीमा चुनावी माहोल तातेको छ । आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि नेपाली कांग्रेसले टोल कार्यसमितिलाई प्रशिक्षण तालिम प्रदान गर्न सुरु गरेको छ ।
केही अधि सम्म टोल कमिटी बिस्तारमा लागेका नेपाली कांग्रेस नगर कार्यसमितिले शनिबार बाट टोल कार्यसमितिलाई प्रशिक्षण तालिम प्रदान गर्न थालेको हो ।
फाल्गुण १ गते बसेको नियमित मासिक बैठकको निर्णय बमोजिम आज प्रशिक्षक जिल्ला कार्यसमितिका सचिव बिरेन्द्र साहले रामधुनीका बडा नम्बर ८ र ९ मा का सम्पूर्ण टोल कार्य समितिलाइ प्रशिक्षण तालिम दिनभएको हो ।
कांग्रेसले मेयर सहितका पदमा सहजै जित्ने र आफ्नो उपस्थिति स्थानीय सरकारमा बलियो जनाउँने योजना आफूहरूको सहित आफूहरूले टोल कार्यसमितिलाई प्रशिक्षण तालिम दिइएको रामधुनी नेपाली कांग्रेस नगर कार्यसमितिका सचिव महेश कुमार चौधरीले बताउँनुभयो ।
१ देखि ९ वडा भित्र रहेका सबै टोल कार्यसमितिलाई नगरले निर्माण गरेको तालिका अनुरूप नियमित प्रशिक्षण गर्न लागी परेको रामधुनी नेपाली कांग्रेस नगर कार्यसमितिका सभापति सुदीप अधिकारीले जानकारी दिनुभयो । उहाँ अनुसार नेपाली कांग्रेसको बिधानमा टोल कार्यसमिति गठनको ब्यवस्था भए अनुरूप नगर कार्यसमितिले गठन सम्पन्न गरेको र कम्युनिस्टको कब्जामा रहेको रामधुनीका सबै बडामा कांग्रेसको जित सुनिश्चित गनेका लागी प्रशिक्षण तालिम दिएको बताउनुभयो ।




















