उर्लाबारी । मोरङको उर्लाबारी-४ नेपाली काँग्रेसले टोल समिति गठन प्रक्रियालाई तीब्रता दिएको छ । यसैक्रममा शनिबार त्रिवेणी भानु पुस्तकालय टोल समिति गठन गरिएको छ । ५६ सदस्यीय टोल समितिको सभापतिमा रामबहादुर लिम्बू, उपसभापतिमा सन्जोग डाँगी, सचिवमा कविता भट्टराई, सहसचिवमा सुमन राई र कोषाध्यक्षमा सम्झना डाँगी रहेका छन् ।
नेपाली काँग्रेस प्रदेश १ का सहमहामन्त्री खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ७६ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रमुख अतिथि फागोले अविर, खदा लगाएर पार्टीमा स्वागत गरे ।
काँग्रेस प्रवेश गर्नेहरुमा माओवादीका कुमारी धिमाल, दिलमाया धिमाल, मनिषा धिमाल, चन्द्रमाया धिमाल, नम्रता धिमाल, रेखा धिमाल, रिना धिमाल, तुलसा धिमाल, गुणमाया धिमाल, उमा चौहान, कमला श्रेष्ठ, दाथुराम मारापाचे राई, लक्ष्मी श्रेष्ठ, शोभा मगर, सृजना मगर, यसोदा भट्टराई, विनिता भट्टराई, निर्मला भट्टराई, हरिमाया कट्वाल, कविता कन्दङ्वा, सुरज आचार्य, सरिता वयलकोटी, केशव विष्ट, गंगाराम धिमाल, राधा धिमाल, भीम सिटौला र माया विश्वकर्मा रहेका छन् ।
यस्तै नेकपा एमाले परित्याग गरी कमल प्रधान, तारा खड्का, शान्ता विश्वकर्मा, अनु विश्वकर्मा, सिमा गजमेर, सपना विश्वकर्मा, संगीता विश्वकर्मा, तुलसादेवी तामाङ, अम्बिका भुजेल, रुपा अधिकारी, शान्ता खत्री, दुर्गा घिमिरे, दिलमाया कार्की, निर्मला तामाङ, मनमाया तामाङ, सावित्रा बुढाथोकी, रेखा थापा, रिसा थापा, कोपिला राई, सपना परियार, सविता घिमिरे, रिना खड्का, सीता भण्डारी, शान्ता तिम्सिना, इन्दिरा अधिकारी, सुष्मा घिमिरे, शान्ता खनाल घिमिरे, गीता अधिकारी, बलिबहादुर कालिकोटे, अस्मिता विश्वकर्मा, रोहन भट्टराई, सुकमाया तामाङ, लक्ष्मणप्रसाद खतिवडा, अर्जुन तामाङ, धनप्रसाद तामाङ, खडानन्द पौडेल, मिना पराजुली पौडेल, दमन्ता भण्डारी, अन्जु तिम्सिना, कामना खड्का र मञ्जु तिम्सिना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेसका स्थानीय नेता तारा घिमिरेको विशेष पहलमा विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका हुन् ।
यस्तै, राप्रपा परित्याग गरी तेजबहादुर बस्नेत, श्यामबहादुर लिम्बू, धनबहादुर विक, कविराज भट्टराई, दिलकुमारी कार्की, शान्तिराम अधिकारीले काँग्रेस पार्टी रोजेका छन् । कार्यक्रममा प्रमुख अतिथि फागोले अन्य पार्टीका भन्दा काँग्रेसजन फरक हुनुपर्ने बताए । पार्टीमा लागेर राजनीति गर्ने, ठूला कुरा गर्ने मात्र होइन, गरिब, विपन्न, दिनदुःखीलाई साथ दिनुपर्ने उनको भनाई थियो । किसान, मजदुर, पीडितहरुको सारथी बन्नुपर्ने उनले बताए ।
कार्यक्रममा मोरङ क्षेत्र नं. १ (क) का सभापति नरबहादुर मोक्तान, मोरङ क्षेत्र नं. १ की सहसचिव अरुणा थापा, प्रदेश १ (क) को सहसचिव नेत्र आपागाई, उर्लाबारी-४ का वडा सदस्य लगायतको आतिथ्यता रहेको थियो । वडा सभापति प्रेम याक्खाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव भीम घिमिरेले गरेका थिए ।




















