उर्लाबारी । नेपाली कांग्रेस प्रदेश १ का सहमहामन्त्री एवम उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले स्थानिय तहको निर्वाचन आउन अझै ३ महिना समय रहेका कारण अहिलेदेखी नै निर्वाचनको ढोल पिटेर समय बर्बाद नगर्न राजनैतिक दललाई आग्रह गरेका छन् ।
आईतबार उर्लाबारी-५ मा नेपाली काँग्रेसले वडा कार्यालय उद्घाटन समरोहमा बोल्दै फागोले सो कुरा बताएका हुन् । सो अवसरमा सहमहामन्त्री फागोले निर्वाचन आउन अझै तीन महिना बाँकी रहँदा कतिपय राजनीति दलले भ्रमको खेति गर्न लागेको बताउदै ।
‘निर्वाचन आउन तीन महिना बाँकी छ, आउनुहोस् विभिन्न् स्थानमा झण्डा गाड्न छोड्नुहोस बरु सुकुम्बासीलाई धनीपूर्जा वितरणमा लागौं भुमिआयोगको जिल्ला र केन्द्रिय समितिलाई झक्झक्यौँ । कृषक, भूमिहीन, सुकुम्बासी, गरिब, दुःखीका पीरमर्का बुझ्न लागौं, अहिलेदेखि नै निर्वाचनको ढोल पिटेर समय बर्बाद नगरौं ।’ उर्लाबारी नगरपालिकाका नगर प्रमुख समेत रहेका फागोले भने ।




















