उर्लाबारी । मोरङको उर्लाबारी-४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी ४८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् रायण मन्दिरमा आज आयोजित टोल कमिटी गठन कार्यक्रममा नवप्रवेशीलाई नेपाली काँग्रेसका प्रदेश नं. १ का सहमहामन्त्री खड्ग फागोले स्वागत गरेका थिए
कार्यक्रममा नेकपा एमाले परित्याग गरी चन्द्रबहादुर विक, नरबहादुर विक, कृष्ण श्रेष्ठ, जानुका विक, विमला विक, गोविन्द विक, कृष्णबहादुर धिमाल, छत्रबहादुर धिमाल, फूलमाया विक, दिलकुमारी विक, प्रेमबहादुर वर्देवा, कुमारी विक, पुन्यप्रसाद बास्कोटा, अम्बिका विक, सर्मिला बराइली, बालिका मिश्र, रमेश घिमिरे, गोविन्द घिमिरे, कल्पना बुढाथोकी, कमल बुढाथोकी, एलिसा श्रेष्ठ, अनिता घिमिरे, सुस्मा राय, सुरेन्द्रबहादुर भट्टराई, नेत्रबहादुर कार्की, विष्णुलाल आचार्य, गोपाल खड्का, गम्भीर कट्वाल, अरुण सुनुवार, राजकुमार राई, केवलबहादुर खड्का र कमल खड्का काँग्रेसमा प्रवेश गरेका छन् । यस्तै, माओवादी केन्द्रबाट नगेन्द्र दाहाल, विनोद तामाङ, संगीता तामाङ, हिक्मत कट्वाल, चन्द्रशमशेर थापा, सलबहादुर भुजेल काँग्रेस प्रवेश गरेका छन् ।
कार्यक्रममा सहमहामन्त्री फागोले नेपाली काँग्रेसका नेता कार्यकर्ताले जनताको भावना बुझ्ने गरिको काम गर्नुपर्ने बताए । गरिब, किसान, सुकुम्बासीको समस्या बुझेर उनीहरुलाई माथि उकास्ने कार्यमा लाग्नुपर्ने उनले बताए ।
स्थानीय तहको निर्वाचनमा पार्टीबाट उम्मेद्वार बन्न इच्छा राख्नेले पद अनि सुविधाको लोभ गर्नेभन्दा पनि स्थानीय ठाउँका बिजुली, खानेपानी, सिचाई, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाको अवस्था, गरिबीको अवस्थालाई मध्यनजर गरेर समस्या समाधानतर्फ ध्यान दिनुपर्ने उनले बताए ।




















