उर्लाबारी । मोरङको उर्लाबारी-२ मा रहेको बेतिनी सामुदायिक वन उपभोक्ता समूहको नेतृत्वमा लागि त्रिपक्षीय भिडन्त हुने भएको छ ।
आगामी माघ १५ गतेका लागि तय भएको निर्वाचनमा अध्यक्षपदमा ३ जनाको प्रतिष्पर्धा हुने भएको छ । पूर्वीमोरङको पर्यटकीय क्षेत्रका रुपमा गुरुयोजना सहित विकास गरिदै लगिएको यस बनको निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ ।
वनको १९ औँ साधारण सभा मार्फत नया नेतृत्व हत्याउने दाउमा यति बेला वर्तमान अध्यक्ष भीमबहादुर राई, वर्तमान कोषाध्यक्ष ज्योति थापा र पूर्वअध्यक्ष कृष्ण दाहाल प्रतिष्पर्धामा उत्रेका हुन् ।
तीनै जनाले उपभोक्ताहरुसँग मत मागिरहेका छन् । बर्तमान अध्यक्ष राईले एक कार्यकाल सफल नेतृत्व गरिसकेका छन् भने थापाले कोषाध्यक्षको जिम्मेवारी पूरा गर्दै आफुलाई नेतृत्वका लागि उभ्याएका छन् । दाहालले दुई कार्यकाल वनको नेतृत्व गरिसेका छन् ।




















