इटहरी । कोरोना भाईरसको तेस्रो लहर नेपालमा पनि फैलिरहेको समयमा भाईरस फैलन  नफैलियोस भनेर इटहरीमा तपाईको मास्क खैइ ? अभियान सुरु गरिएको छ ।   

बुल्स एघार क्लब र इलाका प्रहरी कार्यालय इटहरीको समुदाय प्रहरी साझेदारीले संयुक्त रुपमा तपाईको मास्क खैई अभियान सञ्चालनमा ल्याएका हुन ।   

भाईरस संक्रमण रोकथाम , नियन्त्रण र जोखिम न्युनिकरणका लागि इटहरीको मुख्य  चोक ,बजार क्षेत्रमा पैदल तथा सवारीमा हिड्डुल गर्ने मानिसहरुलाई तपाईको मास्क खैई भनेर सोध्दै मास्क् वितरण गर्न थालिएको छ ।20220116_114522

मानव स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै कोरोना भाइरस नफैलियोस भनेर सचेतनाका लागि अभियान सञ्चालनमा ल्याइएको वुल्स एघार क्लबका उपाध्यक्ष रामकुमार राईले वताए ।

  कोरोना भाईरस दिनाप्रतिदिन फैलिरहेको समयमा समुदाय स्तरमा सचेतनमा अभिवृद्धि गर्दै स्वास्थ्य सुरक्षाका लागि मास्क तथा सेनिटाइजर वितरण गर्ने अभियानलाई निरन्तरता दिदै आफैले  स्वास्थ्य सुरक्षाका विषयमा सचेत रहन अभियान सञ्चालन गरिएको जनाइएको छ । 20220116_114931

अभियान अन्र्तगत इटहरी चोक तथा मुख्य बजार क्षेत्रमा मास्क लगाउनु पर्ने लगायतका स्वास्थ्य सुरक्षा सावधानीका विषयमा सहजिकरण गर्ने कार्य वुल्र्स एघारका साथै इलाका प्रहरी कार्यालय इटहरीले गर्दै आएको छ ।