इटहरी । बिपद्  जोखिम न्युनीकरण तथा प्रतिकार्य सम्बन्धि  दुई दिने स्वयमसेवक अभिमुखीकरण कार्यक्रम सम्पन्न  भएको छ । 

एशीया प्यासिफिक एलाइन्सको साझेदारी तथा युवा बिकास केन्द इटहरीको आयोजनामा उक्त अभिमुखीकरण कार्यक्रम गरिएको हो । 

युवा बिकास केन्दको सभाहलमा आयोजीत २ दिने तालिममा सुनसरीको १२ वटै  स्थानीय तहका ३५,३५ जना गरेर दुई दिनमा ७० जना युवाहरु लाई विपद् जोखिम ब्यवस्थापन गर्न विपद् जोखिम सुशासनलाई बलियो बनाउने,प्रभावकारी प्रतिकार्यका लागी विपद् पुर्व तयारी र पुर्नस्थापना,पुर्ननिर्माणका विषयमा तालिम दिएको थियोे । IMG_0314

सरकारका तर्फबाट तिनै तहको सरकारले  तथा बिभिन्न संध सस्थाले काम गरेपनी के कति काम भयो भनेर कुनै निकाय सगं डाटा नभएकाले गर्दा बिपदको बेल्ला समस्या हुने गरेकाले उक्त समस्यामा समाधानका लागी हरेक स्थानीय तहका युवाहरुलाइ प्रोत्साहन गरी बिपद न्युनीकरणमा युवाहरुको मुख्य भुमिका हुने गरेकोले युवाहरुमा हौशाला प्रदान गर्न अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको युवा बिकाश केन्द्रका निर्देशक तथा कार्यक्रम संयोजक निराजन खड्काले बताए ।

युवाहरुमा विपदका बेलामा विभिन्न क्षेत्रमा गएर काम गर्दछन तर उनिहरुले विपदका बेलामा कसरी काम गर्ने र कस्तो सावधानि अपनाउने पर्ने विषयमा दोधार हुदाँपनि विपदले बढि जोखिम हुने हुदा यस्ता कार्यक्रम आवश्यक रहेको सहभागी सुसिल राजबर बताउछन्  ।IMG_0312

 दुई दिने अभिमुखीकरण कार्यक्रममा एप्यकका कन्ट्रि डाइरेक्टर कर्ण बहादुर नेपाली, सुस्मा कार्की,अतित गुरागाँई, निराजन खड्काले सहजिकरण गरेका थिए । 

शुक्रबार बाट सुरु भएको उक्त तालिमको उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्क्ष दिबश पोखरेलको प्रमुख अथितीमा भएको थियो भने दोस्रो दिन नमुना कलेज इटहरीका साहयक प्रधानाध्यापक मुक्ति सुबेदीको प्रमुख अथितीमा भएकोे कार्यक्रमका संजय चौधरीको अध्यक्षतामा भएको थियो ।