धनकुटा । दिगो विकास, समाज रूपान्तरण र स्वाबलम्वनका लागि हाम्रो अभियान भन्ने श्लोगनका साथ आईप्यान नेपालले  धनकुटा स्थित गोकुण्डेश्वर माविमा सामुदायिक विध्यालय स्तरीय अनुभव आदान प्रदान अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

धनकुटा नगरपालिका धनकुटाको सहयोगमा इनिसियटिभ फर प्रोगेसिभ एक्सन नेपालले जिल्ला स्थित विभिन्न विध्यालयहरूमा सञ्चालन गरिएका गतिविधिहरूको लेखाजोखाका साथमा सिकाई आदान प्रदान गरेको हो । 

“सामुदायिक विद्यालयहरु धरासायि हुने अवस्था आएकोले यसको कारण खोज्नु पर्ने देखिन्छ ।”

उक्त कार्यक्रमको उद्घाटनको अवसरमा बोल्नुहुदै धनकुटा नगरपालिकाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि चिन्तन तामाङ्गले यस्तो बताउनु भएको हो । 

सामुदायिक विद्यालयहरु धरासायि हुने अवस्था आएकोले यसको कारण खोज्नु पर्ने देखिन्छ भन्दै विद्यालयको बैंकिङ सबै कारोबार विद्यालयका प्रधानाध्यापक, शिक्षकलाई स्वायतता दिनु पर्नेमा जोड दिनु भयो । 

उक्त कार्याक्रममा शिक्षकले राजनिति गर्नु नहुने र सामुदायिक विध्यालयका शिक्षकका सन्तान सामुदायिक विध्यालयमा नै पठनपाठन गराउनु अपरिहार्य रहेको, विध्यार्थीहरूले सेनटरि प्याड निःशुल्क पाउनु पर्ने विध्यालयको मागलगायतका विषयमा सहभागिहरुले मनतब्य राख्नु भएको थियो ।IMG20220113153331

यसका साथै कार्यक्रममा उपस्थित विद्यालयहरुले आ आफ्नो विद्यालयहरुको गतिविधि प्रस्तुत गर्नु भएको थियो । सोहि क्रममा बालक्लवद्धारा तयार पारिएको लागुऔषधमा फसेका बालबालिकालाई कसरी कुलतबाट छुटाउने भन्ने विषयलाई समेटेर छायांकन गरिएको बृत्तचित्र समेत प्रस्तुत गरिएको थियो । 

यसका साथै अन्य गतिविधिहरमा जन्मदिनमा शिक्षकहरूले गर्ने खर्च विध्यालयमा संकलन गरेर जुनियर सर्कल रेडक्रसलाई दिने गरिएको, विध्यार्थीहरूलाई ट्रयाकसुटको व्यावस्था, शिक्षकलाई ब्याग वितरण, विध्यार्थीहरूकालागि खाजाको व्यावस्था, वालक्लवको गठन, जुनियर रेडक्रस सर्कल निर्माण, गरिव तथा जेहेन्दार विध्यार्थीलाई छात्रवृत्ति  वितरण, शिक्षकहरूको कल्याणकोष मार्फत विपन्न विध्यार्थीहरूलाई जाडोमा स्वीईटर वितरण, राष्ट्रिय सेवा दल एनसिसिको कार्यक्रम सञ्चालनलगायतका गतिविधि समेत स्लाईट मार्फत प्रस्तुत गरिको थियो । 

सिकाईलाई कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा गरिएको आईप्यान नामक संस्थाले विभिन्न स्थानका विभिन्न विध्यालयहरूमा भएका गतिविधिहरूको विषयमा जानकारी गराउदै सिकाई आदान प्रदान गरिएको गोकुण्डेश्वर माविका प्रधानाध्यापक एवं आई प्यान नेपालका अध्यक्ष यज्ञ प्रकाश चापागाईंले जानकारी दिनुभयो ।

शैक्षिक उद्धेश्य, शिक्षकको हकहित, शिक्षणमा सुधार, शैक्षिक गुणस्तर सुधार विकासकालागि सबैकोसाथ र सहयोगको आवश्यकता रहने विद्यालयका राम्रा नराम्रा कामहरुलाई ईकिंत गरि राम्रा कामको अबलम्वन गर्न सके आगामी दिनमा शिक्षाको क्षेत्रमा अगाडि बढ्न शहज हुने अभिप्रायले उक्त संस्थाको प्रादुभाव गरिएको हो । 

विध्यालयको सिकाईलाई व्यवस्थित गर्दै शिक्षकले राजनिति नगरि आफ्नो पेसा प्रति एकचित्त भएर लागिपरिरहनु पर्ने, आफ्नो जुन पेसा छ सोहि पेसामा लागेर काम गर्न सकेमा आवश्यक उपलब्धि हासिल गर्न सकिने बताउदै योग्य दक्ष र विस्वभर विक्न सक्ने विध्यार्थी उत्पादन गर्नु शिक्षकको जिम्मेबारि रहेको शिक्षा विकास निर्देशानालय धनकुटाका शिक्षा विकास निर्देशक बुडाथोकिले जानकारी दिनुभयो । 

शैक्षिक मेलाको नाम दिदै शिक्षा भनेको विध्यार्थी अभिभावक, समाज, राज्य सबैसँग उतिकै महत्वपुर्ण राख्ने विषय भएकाले एउटा विध्यालयको प्रतिभालाई अर्काे विध्यालयको प्रतिभासँग जोड्नु उपलब्धि रहेको भन्दै एउटा विध्यालयले सञ्चालन गरिरहेको नविनतम प्रविधि अर्काे विध्यालयले पनि अनुकरण गर्न गराउन यो संस्थाको गठन गरिएको गोकुण्डेश्वर माध्यमिक विद्यालयले जनाएको छ ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गको प्रमुख आतिथ्यता एवं विद्यालयका  पुरेन्द्रलाल प्रधानको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा शिक्षा विकास निर्देशानालय धनकुटाका शिक्षा विकास निर्देशक राजेन्द्र बुडाथोकि, जिल्ला स्थित हिले माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक, हिले क्याम्पसका क्याम्पस प्रमुख, टंक माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक, गोकुण्डेश्वर माध्यमिक विद्यालयका विद्यालयका पुर्व प्रधानाध्यापक महानन्द पोख्रेल, धनकुटा बहुमुखि क्याम्पसका सहायक क्याम्पस प्रमुख दिनेश अधिकारी, एन प्यापसनका अध्यक्ष दिनेस भण्डारी, बिध्यार्थी लगायतको उपस्थिति रहेको थियो ।