उर्लाबारी । नेपाली काग्रेसको भातृ संगठन तरुण दलले उर्लाबारी वडा नम्वर ३ कमिटीले शुक्रवार चियापान समारोहको आयोजना गरेको छ ।
नेपाली काग्रेसको १४ औँ माहाधिवेसन सम्पन्न् भए पश्चात पहिलो पटक उर्लाबारीमा तरुणदल वडा नम्वर ३ कमिटीले चियापान तथा भेटघाट कार्यक्रमको आयोजना गरेको हो ।
उर्लाबारी-३ स्थित मंगलबारेको दुर्गा मन्दिर परिसरमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अथिती नेपाली काग्रेस प्रदेश-१ का सह-महामन्त्रि एवम उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले तरुण दल नेपाली काग्रेस पार्टीको मेरुदण्डका रुपमा स्थापित रहेको भातृ संगठनमा आवद्ध तरुण युवाहरु परिवर्तनका सम्वाहक भएको बताएका छन् ।
प्रमुख अथिती फागोले वि.स. २०१० सालमा नेपाली काग्रेस पार्टीमा आवद्ध युवाहरुलाई अवसर र चलायमान गराउने उदे्श्यका साथ वीपी कोइरालाले स्थापना गरेको तरुण दलले नेपाली राजनितिमा विकासप्रेमी नेताहरुको उदय गराएको स्मरण गर्दै तरुण दलमा आवद्ध युवाहरुलाई पार्टीको निति, नियम र सिद्धान्त अनुरुप चल्न आग्रह गरेका छन् ।
मन्त्रि फागोले गृहमन्त्रि बालकृष्ण खाँडको उदाहरण दिदै भने-कुनै बेला हालको नेपाल सरकारका गृहमन्त्रि बालकृष्ण खाँड पनि तरुण दलकै पृष्ठभुमीबाट राजनितिमा अगाडी बड्नु भएको थियो, तरुण दलमा उहाँले दिनुभएको योगदानकै कारण आज मन्त्रि बन्न सफल हुनु भएको छ ।
तसर्थ परिवर्तनगामी सोच भएका युवाहरु सम्मिलित तरुण दल सक्षम र सवल नेतृत्व प्रदान गर्ने भातृ संगठनका रुपमा स्थापित भएको नजिर रहेको बताउदै तरुणमा आवद्ध हुन युवाहरु लाई प्रोत्साहन गर्नु पर्ने औल्याए ।
यस्तै कार्यक्रमका विशिष्ठ अथिति नेपाली काग्रेस उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्वुले तरुण दल नेपाली काग्रेस पार्टीलाई चलायमान गराउने युवा विचार र सकरात्मक आधुनिक सोचको भण्डार रहेको कारण तरुण दललाई थप शशक्त र चलायमान गराउन नेपाली काग्रेस उर्लाबारी हरदम तयार रहेको प्रतिवद्धता जाहेर गरे ।
यस्तै कार्यक्रममा नेपाली काग्रेस उर्लाबारी-३ का सभापति रोहित कार्कीले तरुण दलमा आवद्ध युवाहरु सकरात्मक सोचको भण्डार रहेका कारण १४ औ माहाधिवेसन ताका भएका असन्तुष्टि हरुलाई आत्मओलोना गरि आगामी निर्वाचनमा सवै वडा र नगरमा काग्रेसलाई विजयी गराउन तिर एक जुट भएर अगाडी बड्नु पर्ने बताए ।
नेपाल तरुण उर्लाबारी-३ का सभापति प्रतिक पाण्डेको सभापतित्वमा सम्पन्न् भएको कार्यक्रममा नेपाली काग्रेस क्षेत्र नम्वर-३ बाट प्रदेश प्रतिनिधिमा निर्वाचित रोशन पराजुली, उर्लाबारी-३ का वडा सदस्य एवम नेपाली काग्रेस उर्लाबारी-३ का क्षेत्रिय प्रतिनिधि सोमप्रसाद तिम्सीना लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
भने कार्यक्रममा स्वागत मनतव्य सोही वडाका वडा सचिव साजन कुँवर र कार्यक्रमको संचालन अर्का सचिव प्रदिप सग्रौलाले गरेका थिए ।




















