सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १० प्रकाशपुर स्थित गाउँवेसी कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले पुनः रविन घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

साधारणसभाले समितिको उपाध्यक्षमा विष्णुकमारी श्रेष्ठ तथा सदस्यहरुमा नरेन्द्र बस्नेत, दण्डिप्रसाद घिमिरे, टंकनाथ पोखरेल, रामबाबु रौनियार, डम्बर कुँवर, विमला श्रेष्ठ, रेनुका ढुंगाना, पवित्रा विक र हरि खत्रीलाई चयन गरेको छ । साधारणसभाको अवसरमा उत्कृष्ट दैनिक बचतकर्ता लक्ष्मण रौनियार र उत्कृष्ट बालवचतकर्ता अंशु कारकलाई सम्मान गरिएको थियो ।269931988_346110703671731_870596751468563904_n

संस्थाका अध्यक्ष रविन घिमिरेको अध्यक्षता तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा उपप्रमुख कमला मगर, वडाध्यक्ष भोलाकाजी बस्नेत, महेन्द्र खत्री, वद्री बुढाथोकी, राजु सुवेदी, गणेश पौडेल, मणि राई लगायतको आतिथ्यता रहेको थियो । 269809810_903671083843189_2598559836783824708_n२०७२ सालमा स्थापना भएको सहकारीमा १६ सय शेयर सदस्य तथा कूला पूँजी करिव ३ करोड रहेको जनाइएको छ ।