भोजपुर । सरकारी जमिनको संरक्षण र राज्यका लागि राम्रो आम्दानीको स्रोत हुने व्यवसायिक कवुलियती वन हस्तान्तरण गर्ने विषय भोजपुर जिल्लामा तयार गरिएको वन क्षेत्रको पन्चवर्षिय कार्ययोजनामा समेत समावेश भएका कारण केही फर्महरुले कवुलियती वनका लागि चासो देखाउन थालेका छन ।

    गत वर्ष तयार पारिएको वन क्षेत्रको पन्चवर्षिय कार्ययोजनामा समेत वन ऐन र नियमावलीले तोके वमोजिम व्यवसायिक कवुलियती वनका लागि हस्तान्तरण गर्ने विषय पनि समावेश भएपछि इच्छुक फर्महरुले चासो देखाउन थालेका हुन ।s 1

     भोजपुर जिल्लाको ५५ प्रतिशत वन क्षेत्रले ओगटेको वताउदै पन्चवर्षिय कार्ययोजनामा  १५सय हेक्टर वन क्षेत्र कवुलियती वनका लागि हस्तान्तरण गर्ने विषय समेत समावेश भएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमीरेले वताए । उनले त्यसै पढिरहेका राष्ट्रिय वन क्षेत्रहरु प्रकृया पुर्याएर कवुलियती वनका लागि हस्तान्तरण गरे राजस्व समेत वढ्ने वताए ।

  राष्ट्रिय वन क्षेत्रको सही सदुपयोग गर्दै कवुलियती वनको अवधारा अनुसार गर्ने हो भने रोजगारी सिर्जना हुने , जडीवुटी उत्पादन हुने कृषि तथा पशुपालन प्रवद्र्धन  परापर्यावरण पर्यटनका माध्यमबाट आम्दानीका स्रोत वढाउन सकिने समेत डिभिजन वन कार्यालयले विश्वास लिएको छ । aaaकबुलियती वनका लागि वन ऐन र नियामावलीमा स्पष्ट व्यवस्था भएका कारण कवुलियती वन हस्तान्तरणका लागि कुनै पनि वाधा विरोध नरहेको पनि डिभिजन प्रमुख घिमिरेले जानकारी दिए । कवुलियती वनका लागि हस्तान्तरण भएपछि  सिमा निर्धारण समेत हुने हुँदा वन क्षेत्र अतिक्रमण रोकिने विश्वास गरिएको छ ।

 भोजपुरमा हाल ५सय ६५ सामुदायिक वन ,एक सय ९६ गरिवका लागि कवुलियती वन र ३ धार्मिक वन रहेको छ ।