पथरी । पथरी जेसीज वर्ष २०२२ का लागि पथरी जेसीजकै इतिहासमा पहिलो  पटक महिला अध्यक्ष बनेकी  छिन् ।

मंगलबार पथरीको पारिजात होटलमा संचारकर्मी सग भएको भेटघाटमा वर्षका लागि अध्यक्ष निर्वाचित भएकी अनिता राई (अनु)ले इतिहासमै पथरी जेसीजले पहिलो पटक महिला अध्यक्ष  पाएको बताइन् ।

अध्यक्ष राईले दुव्र्यसनी फसेका युवाहरुलाई कुलत छुटाउन कार्यक्रमहरु मार्फत् कोसिस गर्ने, बेरोजगार युवा र महिलाहरूलाई उद्यमशीलता बनाउन तामिलको साथमा उपाएहरु ल्याउने बताए । 

पत्रकार भेटघाट कार्यक्रममा जेसीजको पूर्व अध्यक्ष मान दियाली, टि.एन.तिम्सिना, राजु तिम्सिना लगायतका जेसीहरुको उपस्थिति रहेको थियो ।

पथरी जेसीजमा वर्ष २०२२ का लागि अनिता राई (अनु) अध्यक्षमा सोमबार निर्विरोध निर्वाचित भएकी हुन् । जेसीजको १० औं अधिवेशनले राईको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

यसैगरी कार्यकारी उपाध्यक्षमा सिताराम दराल, सुवणर् खत्री, उपाध्यक्षमा एलिना दियाली, निता कुलुङ राई, निर्मला गिरी, सुमन फुयल र सचिवमा उज्जल लकान्द्री सर्वसहमत चयन भएका हुन । जेसीजमा महासचिव लगायतका पदाधिकारी र सदस्यहरु अध्यक्षले मनोनयन गर्ने विधानमा व्यवस्था रहेको छ ।