सुनसरी । पुर्वी तराईमा जाडो वढी रहेको समयमा सुनसरीको बराहक्षेत्रमा अनन्त आयामले विपन्न परिवारका मानिसहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
जाडोको समयमा कपडा अभावमा कसैले पनि समस्या झेल्नु नपरोस भनेर बराहक्षेत्रका युवाहरुको समुह अनन्त आयामले बराहक्षेत्रका विभिन्न ठाँउका एक सय परिवारलाई न्यानो कपडा वितरण गरेको हो ।
यही पुष २ गते बाट अनन्त आयामले क्लोथ बैंक अभियानका रुपमा दाताहरुसंग नयाँ पुराना कपडाहरु संकलन गर्दै आएको र बराहक्षेत्रका प्रकासपुर ,चक्रघटी ,कालाबञ्जार लगायतका स्थानका विपन्न परिवारका मानिसहरुलाई कपडा वितरण गरेको छ ।
चिसोबाट आफु पनि बचौ र अरुलाई पनि बचाऔ भन्नेका साथ अनन्त आयामले यस पटक विपन्न परिवारका मानिसहरुलाई दुई चरण न्यानो कपडा जुत्ता वितरण गरेको र आगामी दिनमा पनि अनन्त आयामले कपडा वितरण कार्यलाई निरन्तरता दिने संयोजक विक्रम कर्णल वताए ।
सवै उमेर समुहमा मानिसहरुलाई लगाउन मिल्ने कपडाहरु वितरण गरिएको पनि कर्णले जानकारी दिए । कपडा वितरणका लागि स्थानिय लुगा व्यापारी, स्थानीय र प्रकाशपुर युवा एकता जमात र सिओसि बराहक्षेत्रले समेत कपडा संकलनमा सहयोग गरेको थियो ।




















