इटहरी । नेतालाई देवत्वकरण गर्ने व्यक्तिवाद हावी भएपछि  केपी ओलीले आफुलाई देउता ठानेको आरोप नेपाल कम्युष्टि पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आरोप लगाएका छन ।

  सुनसरीको इटहरीमा नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियुको प्रदेस स्तरीय सम्मेलनलाई सम्वोधन गर्दै अध्यक्ष नेपालले ओलीका भजनमण्डलीले देवत्वकरण गर्ने कार्य गरेपछि ओलीले आफु देउता भएको ठानेको आरोप लगाएका हुन ।

  पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले  कम्युष्टि पार्टीका नाममा धेरै पार्टी रहेको वताउदै देश र जनताको पक्षमा काम गर्ने पार्टी मात्र वास्तविक कम्युनिष्ट पार्टी भएको भनाई राखे  ।IMG_0205

एमाले अध्यक्ष केपी ओली प्रति कटाक्ष गर्दै अध्यक्ष नेपालले ओली सरकारको नेतृत्व र पार्टीको नेतृत्वमा पुगेपछि अहंकारी वनेको आरोप लगाउदै राज्य र पार्टी भन्दा ठुलो आफै भएको ठानेर निरंकुस वनेकोले सच्चा कम्युष्टिहरुले विद्रोह गर्नु परेको समेत वताए  ।IMG_0227 १५ वर्ष सम्म आफनो नेतृत्वमा वसेर ओली आफु नेतृत्वमा पुगेपछि आफुलाई समेत नटेरेको भन्दै ओलीले कसैलाई नटेरेर निरंकुश र अहंकारी भएको समेत आरोप लगाए ।

   एमालेका पुर्व केन्द्रीय सदस्य धर्मराज निरौला लगायतलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले ओलीका भजनमण्डली वाहेककाले क्रमश एमाले छोड्ने समेत दावी गरे । IMG_0226कार्यक्रममा एमाले छोडेर एकीकृत समाजवादीमा प्रवेश गरेका विभिन्न व्यक्तिहरुलाई अध्यक्ष नेपालले स्वागत गरेका थिए ।