धनकुटा । हिले धनकुटा सडक खण्डमा टिफरले स्कुटिलाई ठक्कर दिदा स्कुटिमा सवार दुई जना घाईते भएका छन ।
कागते बाट धनकुटा तर्फ जाँदै गरेको होण्डा कम्पनिको मे ९ प ४३१९ नम्वरको स्कुटिलाई सोहि तर्फबाट आउदै गरेको लु २ ख ४७४१ नम्वरको टिफरले सल्लेरी ब्यारेक नजिकै ठक्कर दिदा घाईते भएका हुन । स्कुटि कालोपत्रे सडक तल खोचमा झर्दा स्कुटि समेत क्षति भएको छ । 
घाईते हुनेहरूमा धनकुटा नगरपालिका वडा नम्वर ३ कागते निवासि साकेत बाग्ले र उहाँकि श्रीमती रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उक्त घाईते सामान्य उपचार पछि घर फर्केका छन् भने टिफर प्रहरीको नियन्त्रणमा राखिएको छ ।
दुर्घट्नाका वारेमा थप टिफरलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नकुल पोख्रेलले जानकारी दिनु भयो ।




















