इटहरी । इसाई धर्मावलम्बीको महान चाड पवित्र चाड क्रिसमसको अवसरमा सुनसरीको इटहरीमा पनि वडा दिनको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरि मनाइयो ।
इटहरी समाजको आयोजनामा इटहरीको माझी टोलमा क्रिसमसका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो ।
नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १का उपाध्यक्ष शिवकुमार डाँगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इसाई समाजका अगुवा मिनकुमार मगरले प्रमुख वक्ताका रुपमा इसाई धर्मका विषयमा प्रकास पारेका थिए ।
साथै साँगितिक कार्यक्रममा स्थानीय कलाकारहरुको विभिन्न प्रस्तुति रहेको थियो ।
कार्यक्रममा लायन्स क्लव अफ इटहरी मोलभिन जोनका अध्यक्ष रितेश श्रेष्ठ र समाजसेवी नेत्र चौलागाई , इटहरी वडा नम्बर १का वडा सदस्य निश्चल पोखरेल लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।
((




















