इटहरी । स्थानीयलाई आँखा तथा दाँतको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले सुनसरीको इटहरी १६ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
रोटरी क्लव अफ इटहरी तथा रोटरी कम्युनिटी कप्र्स जब्दीको आयोजनामा जब्दी आधारभुत विद्यालयमा शिविरको आयोजना गरिएको हो ।
रोटरी क्लव अफ इटहरीकी अध्यक्ष शोभा कोइरालाको अध्यक्षता तथा जब्दी आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकप्रसाद पराजुलीको प्रमुख आतिथ्यमा आयोजित शिविरमा नव दृष्टि आँखा अस्पताल प्रालि र सुस्वास्थ्य डेन्टल हस्पिटल प्रालिको प्राविधिक सहयोग रहेको छ । आँखा तथा दातँको शिविरमा औषधी तथा चस्मा समेत निःशुल्क रुपमा उपलव्ध गराइएको थियो ।
परिक्षणका क्रममा आँखाको अप्रेसन गर्नु पर्ने विरामीहरुलाई नव दृष्टि आँखा अस्पतालले निशुल्क रुपमा गरिदिने समेत सो अवसरमा जानकारी गराइयो । निःशुल्क आँखा तथा दन्त परिक्षण कार्यक्रमको रोट्रयाक क्लव अफ इटहरी र रोट्रयाक क्लव अफ सुनसरी सह आयोजना रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक गोपाल पराजुली , रोटरी क्लव अफ इटहरीका पुर्व अध्यक्षहरु अनन्त विष्ट , संयोज पराजुली लगायतको सहभागिता रहेको थियो ।
शिविरबाट ४ सय भन्दा बढिले प्रत्यक्ष लाभ लिएका थिए भने । ४० जनालाइ निःशुल्क चस्मा बितरण् गरिउको थियो ।
त्यसैगरी ७ को मोतियाबिन्दुको निःशुल्क अप्रेसन गरिने भएको छ ।




















