उर्लाबारी । मोरङको उर्लाबारी इलाका प्रहरी कार्यालयका प्रमुख राजाराम खड्का मंसिर महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित भएका छन् ।
१ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरले हरेक महिनाको पुष ७ गते प्रदेश १ भरीका प्रहरी कर्मचारीहरु कार्यविवरणको आधारमा २ जना प्रहरी कर्मचारीहरुलाई “सर्वोत्कृष्ट प्रहरी” घोषण गर्दै आएको छ ।
जस अन्र्तगत मंसिर महिनाको “सर्वोत्कृष्ट प्रहरी” कर्मचारीमा उर्लाबारी इलाकामा कार्यरत प्रहरी इनिस्पेक्टर खड्का प्रहरी चौकी कप्तानगञ्ज सुनसरीमा कार्यरत प्रहरी जवान राजेश कुमार साह रहेका छन ।
विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रहेको भन्दै उनिहरुलाई “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
उनिहरुले प्राप्त गरेको सम्मान पत्रमा जवरजस्ती करणी, चोरी पठारी लगायत विभिन्न अपराधिक घटना र अवैध लागुऔषध कारोवारमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूणर् भुमिका निर्वाह गरेको उल्लेख छ ।



















