मोरङ । दातृ संस्थाहरुको सहकार्यमा सञ्चालित कार्यक्रमको समिक्षा सहित मोरङको लेटाङमा रहेको सामुदायिक विकास मञ्च नेपाल(सीडीएफ) ले सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सीडीएफ नेपालले वार्षिक रुपमा सञ्चालन गरेका कार्यक्रमहरुको सामाजिक परिक्षण गर्ने कार्य अन्र्तगत सरोकारवालाहरुको सहभागितामा सामाजिक परिक्षण गरिएको हो । 

कार्यक्रममा ब्रेड फर द वल्र्ड जर्मनीको आर्थिक सहयोग तथा अन्तर धार्मिक शान्ति महासंघको साझेदारीमा सीडीएफ नेपालले सञ्चालन गरेको शान्तिका लागि अन्तरधार्मिक कार्यक्रम र विकासका लागि साझेदारी कार्यक्रमको सामाजिक गतिविधि प्रस्तुत गरिएको छ । 

 सामाजिक परिक्षणका क्रममा सीडीएफका पूर्वअध्यक्ष  कमल अधिकारी र कार्यक्रम संयोजक नरवहादुर लिम्बुले वार्षिक गतिविधि र प्रगति लगायतका विषयमा जानकारी गराए । 

यस्तै सामाजिक परिक्षणका विषयमा पत्रकार रेवती निरौलाले प्रस्तुतिकरण गरेका थिए । IMG_0018

सीडीएफ नेपालले शान्तिका लागि अन्तर धार्मिक कार्यक्रम अन्तरगत विभिन्न धर्म तथा सम्प्रदायहरुबीच राष्ट्रिय तहको अन्तरधार्मिक तथा साँस्कृति वार्ता, विभिन्न धर्म अनुशारका चाडपर्वहरु संयुक्तरुपमा मनाउने कार्यक्रम, धार्मिक स्वतन्त्रता विषयक अन्तरकृया, कोभिड १९ ले पारेको असर न्यूनिकरण गर्न मानसिक स्वास्थ्य तालिम, कोरोनासम्बन्धि सचेतना कार्यक्रम र कोरोना रोकथामका लागि विभिन्न स्वाथ्य सामाग्री सहयोग जस्ता कार्यक्रम गरेको कार्यक्रम संयोजक सावित्रा शिवाकोटीले जानकारी दिइन ।

 यस्तै विकासका लागि साझेदारी कार्यक्रम अन्तरगत सिमान्तकृय समुदायका युवामा केन्द्रित विभिन्न कार्यक्रम गरिएको सामाजिक परिक्षणका क्रममा जानकारी गराइएको छ ।  

शान्तिका लागि अन्तर धार्मिक कार्यक्रम अन्तरगत १० लाख २६ हजार ७ सय ५० र विकासका लागि साझेदारी कार्यक्रम अन्तरगत ३१ लाख ७० हजार १६ रुपैयाँ बजेट रहेको जनाइएको छ ।