इटहरी । किरातहरुको महान पर्व उधौली साकेला (भुमि पुजा) को अवसरमा किरात राई यायोक्खा तथा सुम्निमा संघ इटहरी ५ र ७ नं वडांले आइतबार संयुक्त रुपमा उधौली साकेला  सम्पन्न गरेका छन । आफूले लगाएको अन्नबाली पाकेपछि कुलदेवतालाई चढाई खानका लागि अनुमति माग्दै र पितृलाई स्मरण गर्दै किरात राईहरुले उधौली पर्व मनाएका हुन । 

  असार साउनमा गरिएको खेति मंसिरमा भित्र्याइ सकेपछि उक्त अन्नमा कुनै प्रकारको प्रकोप नलागोस भन्ने साकेला थानमा भुमिको पुजा गर्दै  पर्व मनाइएको किरात राइ यायोक्खा इटहरी ५ र ७ का अध्यक्ष सागर राईले बताए । IMG_0054

 पर्वलाइ धुमधामले मनाउन बिहानैदेखि किरात महिला तथा पुरुषहरु जातीय भेषभूषामा सजिएर परम्परागत बाजागाजाको तालमा नाच्दै सामूहिक रुपमा साकेला नृत्य र भुमि पुजा गरेका थिए । 

सो कार्यक्रममा किरात राइ यायोक्खाका सुनसरी अध्यक्ष राजेन्द्र राईको प्रमुख आतिथ्य रहेका थिए भने किरात राइ यायोक्खाका केन्द्रिय सदस्य कमला राइ र सुम्निमा संघ नगर कार्य समितिका बन्दना राइ लगायतको सहभागिता रहेको थियो ।