इटहरी । मानव उपचारमा आवश्यक पर्ने रगत अभाव नहोस भनेर सुनसरीको इटहरीमा रहेका आयोजना गरिएको रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका छन ।

 एक आपस वहुउद्धेश्य सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा ५८ जना महिला पुरुषले रक्तदान गरेका हुन ।

  सहकारीका अध्यक्ष दिनेश रसाइलीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटी इटहरीका सभापती  विमल पौडेलको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र धरानले प्राविधिक सहयोग पुर्याएको थियो ।Capture

जाडो मौषममा रक्तदान कार्यक्रमहरु कम हुने गरेको तर्फ मध्यनजर गर्दै जाडो मौषममा पनि विरामीहरुका लागि आवश्यक पर्ने रगत अभाव नहोस भनेर जाडो मौषममै रक्तदान कार्यक्रम आयोजना गरिदै आएको आयोजक एक आपस वहुउद्धेश्य सहकारीका अध्यक्ष रसाइलीले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र धरानमा संकलन हुने रगतमा करिव ४० प्रतिसत इटहरी क्षेत्रबाट मात्र संकलन हुने तथ्याक रहेको छ ।