इटहरी । निरकुश्तालाई परास्त गर्न गठनवन्धलाई निरन्तरता दिने अहिले गठवन्धनमा रहेका दलहरु विच सहमति भएको प्रदेस नम्बर १का मुख्यमन्त्री राजेन्द्र राईले वताएका छन ।

  सुनसरीको इटहरीमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै मुख्यमन्त्री राईले केपी निरकश्तालाई परास्त गर्न कम्तीमा पनि एक निर्वाचन सम्म मिलेर जानु पर्छ भनेर माथि सहमति भईसकेको वताएका हुन ।

  गठवन्धनलाई निरन्तरता दिदै निर्वाचनमा जादाँ कसैलाई पनि घाटा नहुने भन्दै गठवन्धनलाई निरन्तरता दिदा गठवन्धनमा रहेका  सबै दललाई फाइदा हुने समेत वताए । प्रदेसको नामकरणका विषयमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै मुख्यमन्त्री राईले प्रदेसको नाम विवादका कारण राख्न नसकिएको नभएर छलफलमै नल्याइएको कारण हुन नसकेको स्पष्ट पारे । प्रदेशको नामाकरणका लागि छलफल चलाउन मुख्य पहल कदमी गर्नु पर्ने सरकारको नेतृत्वमा रहेको दलले चासो नदिएको कारण प्रदेशको नाम राख्न नसकिएको जिकिर गर्दै मुख्यमन्त्री राईले पहिले नेतृत्व गर्ने नेकपा संग दुईतिहाई भएपनि उसले प्रदेशको नामाकरणका लागि पहल नगरेको त्यसपछि वनेको एमालेको सरकारसंग वहुमत समेत नरहेका कारण छलफल नचलाएको दावी गरे । प्रदेशको नामाकरणका लागि अव आफुहरुले छलफल चलाउने र एमाले समेतको सहमतिमा प्रदेशको नाम राख्ने जवाफ मुख्यमन्त्री राईले पत्रकारहरुलाई दिए । 


((