मोरङ । उज्यालो उर्लाबारी सुरक्षित उर्लाबारी अभियान अन्र्तगत पुर्व पश्चिम राजमार्ग र उर्लाबारी-मधुमल्ला र उर्लाबारी-इटहरा सडकामा बत्ति विस्तार पश्चात भित्री मुख्य सडकहरुमा बत्ति जडानलाई तिव्रता दिइएको हो ।
सडक बत्ति विस्तारलाई निरन्तरता दिदै बिहिबार उर्लाबारी-९ को लामाटोलको पुच्छार सम्म १९ स्थानमा बत्ति जडान गरिएको सडक बत्ति विस्तार समितिका पर्शुराम लामाले बताए ।
सडक बत्तिको उद्घाटन उर्लाबारी नगरपालिका मेयर खड्ग बहादुर फागोले गर्नुभएको हो ।
सडक बत्तिको उद्घाटन गर्दै मेयर फागोले उर्लाबारी नगरपालिकाका सवै शाखा सडकहरुका सडक बत्तिको विस्तार गर्दै उज्यालो उर्लाबारी सुरक्षित उर्लाबारी बनाउने अभियानमा लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उद्घाटन कार्यक्रममा समितिका सचिव निशाजङ बस्नेत तथा सडक बत्ति विस्तारमा सहजिकरण गर्ने स्थानिय युवा लोलिम पोमु, कैलाश थापामगर, आइतहाङ लिम्बू लगाएत अन्य स्थानियको उपस्थिती रहेको थियो ।




















