मोरङ । नेकपा एमालेको पकड मानिएको उर्लाबारी-४ मा नेकपा एमालेको नगर अधिवेशन चलिरहँदा एमालेसहित विभिन्न पार्टी परित्याग गरी १ सय ३८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बुधबार नेपाली कांग्रेस उर्लाबारी वडा नं. ४ को आयोजनामा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको हो । एमालेका लक्ष्मी दाहालसहित ७५ जना कांग्रेसमा प्रवेश गरेका छन् भने राप्रपाबाट २७ जना प्रवेश गरेका छन् । 

त्यस्तै, नेकपा माओवादी केन्द्रसहितबाट ३६ जना पार्टी प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई नेपाली कांग्रेस मोरङ क्षेत्र नं १ का सभापति एबम उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागो, नगर सभापति सुरेन्द्र लिम्बूले अबिर र खदा लगाई प्रवेश गराएका थिए ।

पार्टी प्रवेश कार्यक्रमका प्रमुख अथिती क्षेत्र नम्वर १ का सभापति तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले राजनितिमा आउने युवा पिढीहरु पदको लागि नभएर विकास र परिवर्तनको लागि आउनु पर्ने बताए । 

राजनैतिक सार्थकताका लागि युवाहरुमा  विकास र सकरात्मक परिवर्तनको सोच र संकल्प भए पद आफै प्राप्त हुने भएका कारण विकास र समृद्धिको सपना देख्न युवाहरुलाई आग्रह गरे ।

उक्त कार्यक्रमको वार्ड नं ४ का सभापति प्रेमबहादुर याख्खाको सभापतित्वमा भएको थियो भने सञ्चालन वार्ड सचिव भिमप्रसाद घिमिरेले गरेका थिए ।