इटहरी । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसर पारेर मानव अधिकार तथा शान्ति समाजले प्रदान गर्दै आएको भूमिप्रसाद बराल स्रष्टा सम्मान २०७८बाट साहित्यकार मनु मञ्जीललाई सम्मान गरिएको छ ।

   मानव अधिकार तथा शान्ति समाज सुनसरीको वार्षिक साधारण सभा तथा स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरि कवि मनु मञ्जीललाई इटहरीमा सम्मान गरिएको हो ।IMG_6425

   साहित्यका क्षेत्रमा योगदान गर्ने स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम अन्र्तगत मानव अधिकार तथा शान्ति समाज केन्द्रको निणर्य अन्तर्गत यस वर्षको भूमिप्रसाद बराल स्रष्टा सम्मान २०७८ बाट इटहरी क्षेत्रमा रहेर साहित्यक सृर्जनामा सक्रिय मनु मञ्जीललाई नगद २० हजार र ताम्रपत्रले कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोपाल भण्डारी तथा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव तथा प्रतिनिधि विकास थापा लगायतले सम्मान गरेका थिए । मानव अधिकार तथा शान्ति समाज सुनसरीका अध्यक्ष सिताराम कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष विकास केसी उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमवहादुर पौडेल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।