काठमाडौं / देशका विभिन्न भागमा आज (मंगलबार) वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ ।देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
हल्का वर्षाको सम्भावना र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेकाले कृषिजन्य कार्य र यात्रा गर्दा आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ । महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार आजसमेत ३ दिन मौसम यस्तो रहने अनुमान–
राति – देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति – देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ ।




















