इटहरी । वेमौसमी वर्षाले पुर्व क्षेत्रमा पुर्याएको क्षतिको विषयमा जानकारी लिन प्रदेस नम्बर १ आईपुगेका प्रधानमन्त्री शेरवहादुर देउवाले विदेशबाट मागेर भएपनि वाढी पिडितहरुका लागि प्याकेज ल्याउने वताएका छन ।

  बाढीले पुर्याएको क्षतिको निरिक्षण अवलोकन र जानकारी दिन सुनसरीको इटहरी आइपुगेका प्रधानमन्त्री देउवाले विपद ढोल वजाएर नआई अचानक आइदिन्छ केही थाहा हुदैन भन्दै अचानक रुपमा आएको वाढीले नेपालमा ठुलो क्षति पुर्याएको वताएका हुन ।

   प्रधानमन्त्री देउवाले सरकारले तत्कालिन अवस्थामा मृतकका परिवारलाई केही पैसा उपलव्ध गराई सकेको र बाढीका कारण पिडित भएकाहरुका लागि आफु काठमाडौं फर्किए लगत्तै प्याकेज ल्याउने समेत वताए ।1

प्रधानमन्त्री देउवाले विपद व्यवस्थापनका लागि अल्पकालिन र दिर्घकालिन योजना वनाउने समेत वताउदै विपदको समयमा उद्धार खोज लगायतमा तदारुकताका लागि लाग्ने नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी लाई धन्यवाद समेत दिएका छन ।2

प्रधानमन्त्री देउवाले वेमौसमी वर्षासंगै आएको वाढीले पुर्याएको क्षतिका विषयमा सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रदेस नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवले जानकारी गराएका थिए ।246381783_922079618739971_7488940023324439105_n

सो क्रममा प्रदेस नम्बर १मा बाढीका कारण ७२ हाल सम्म ७२जनाले ज्यान गुमाएको ज्यान गुमाउनेमा सवै भन्दा वढी पाँचथरमा ३० जनाले ज्यान गुमाएको , ७ जना अझै वेपत्ता रहेको , ५सय ७० घर पुर्ण रुपमा क्षति भएको ८सय ९४ घर आशिंक क्षति ४हजार चौपाया क्षति भएको , १२वटा प्रहरी कार्यालयमा क्षति पुगेको र १२ अन्य सरकारी कार्यालय क्षति पुगेको जानकारी गराइयो ।245994350_866184954268198_3947077711927237008_n

त्यसै गरी केही स्थानमा विद्यालयहरु समेत क्षति पुगेको समेत  सचिवले तथ्याँक प्रस्तुत गरेका थिए । भने प्रदेस नम्वर १मा लगाइएको धान वाली १५ देखि २० प्रतिशतले नोक्सानी भएको समेत प्रदेस सरकारको तथ्याँकमा उल्लेख गरिएको जानकारी गराइयो ।  

यसै विच प्रधानमन्त्री देउवाले वाढी प्रभावित जिल्ला इलाम र पाँचथरको समेत अवलोकन गर्ने गरि त्यस तर्फ प्रस्थान गरिसकेका छन ।