मोरङ । नेपाली कांग्रेस उर्लाबारी नगर समितिले बढी बाढिपिडित परिवारलाई राहत वितरण गर्न सुरु गरेको छ ।
केही दिन अघि आएको अबिरल बर्षाका कारण स्थानिय मावामा खोलामा आएको बाढिले पिडित बनेका वडा नम्बर ७ र ९ का ३० पिडित परिवारलाई राहत स्वरुप दाल, चामल, नुन र तेल शुक्रवार बितरण गरेको हो ।
बेमौसमी बर्षाका कारण मावा खोलामा आएको बाढिले वडा नम्बर ७ मा ३ घर कटान गरेको थियो भने ५ परिवारलाई पिडित बनाएको थियो । यस्तै वडा नम्बर ९ को गाईघाट र आसपासमा मावा खोला गाउ पसी सयौ घर डुबानमा पार्नुका साथै सयौ बिघामा लगाएको धानबालीमा क्षति पुर्याएको थियो ।
बाढिबाट पीडित बनेकाहरुलाई तत्काल थोरै भएपनी राहत स्वरुप दैनिक उपभोग्य सामाग्री बितरण गरिएको नगर सभापति सुरेन्द्र लिम्बुले बताउनु भयो ।
यस्तै राहत वितरण कार्यक्रममा नेपाली काग्रेस क्षेत्र नम्वर १ का सभापति खड्ग बहादुर फागोले विपत्तीको समयमै सवै जना एकै ठाउमा उभिएर संकटको समाधन गर्नुे धारणा व्याक्त गनुभयो ।
अविरल बर्षाका कारण प्रभावित बनेका उर्लाबारी ७ का ५ तथा ९ का २५ घर परिवारमा नेपाली काग्रेस नगर समिति उर्लाबारीले दानविरहरु डिल्लीराज अधिकारी र भागीरथा अधिकारीको सहयोगमा खाधन्न वितरण गरेको हो ।
कार्यक्रममा नेपालीव कांग्रेस क्षेत्रिय सभापति नगर सभापति सुरेन्द्र लिम्बु, नेपाल महिला संघ सभापति भागिरथा अधिकारी, क्षेत्रिय प्रतिनिधी अधिकारी, लोलिम पोमू, नगर समिति सदस्यहरु बेल ब.कार्की, बबी निरौला, वडा सभापतिहरु रोहीत थापा, मदनबाबु प्रसाई, कैलाश थापा मगर सहित अन्यको उपस्थिती रहेको थियो ।



















