मोरगं । लायन्स क्लव अफ टंकी सिनवारीले एक  औपचारिक कार्यक्रमको आयोजना गरि  संयुक्त  पदस्थापन गरेको छ ।

   लायन्स क्लवका डिष्ट्रिक गर्भनर रेवतवहादुर कार्कीको प्रमुख आतिथ्यतामा लायन्स क्लव अफ टंकी सिनवारीको पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।IMG-20211012-WA0015

लायन्स क्लव अफ टंकी सिनवारीकी अध्यक्ष अरुणा विश्वासको अध्यक्षतामा भएको पदस्थान कार्यक्रममा लायन्स क्लव अफ टंकी सिनवारीको वर्ष २०२२का अध्यक्ष उपेन्द्र रौनियार नेतृत्वको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो । लायन्स क्लव अफ टंकि सिनवारीका नया कार्यसमितिको उपाध्यक्षमा मुकेश राठी , सचिव सुशिला ढकाल र कोषाध्यक्ष जय राम माझी रहेका छन ।IMG-20211012-WA0013

सोही कार्यक्रममा लायन्स क्लव अफ टंकी सिनवारी ग्रिन सिटी र लायन्स क्लव अफ दुहवीको समेत नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम रहेको थियो । कार्यक्रममा लायन्स क्लव अफ टंकी सिनवारी ग्रिन सिटीका अध्यक्ष धु्रव आचार्यको टिम र लायन्स क्लव अफ दुहवीका अध्यक्ष राजेन्द्र चौधरीको टिमको समेत पदस्थापन गरिएको थियो ।