इटहरी । भारतीय कम्पनी भिवोन ब्राण्डका आधुनिक फर्निचरहरु पुर्वी नेपालको इटहरीमा समेत विक्री वितरण सुरु भएको छ ।

    पुर्वी नेपालका ग्राहकहरुलाई लक्षित गरी इटहरीमा खोलिएको भिवोन ब्राण्डका फर्निचरको शोरुमको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल र कम्पनीका मार्केटिगं प्रमुख प्रविण श्रीवास्तवले उद्घाटन गरेका हुन ।

   विभिन्न प्रकारका फर्निचरहरु रहेको शोरुममा विशेष गरी १८ आइटमका चेयरहरु रहेको शोरुम सञ्चालक मोहन खतिवडाले वताए । उनले ९हजार ७सय ५० देखि १ लाख २९हजार सम्मका चेयरहरु विक्रीका लागि राखिएको समेत जानकारी दिए । उद्घाटन कार्यक्रमका प्रमुख अतिथी उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष पौडेलले विदेशी ब्राण्डका सामानहरु विक्रीका लागि शोरुम खुल्नु यस क्षेत्रको व्यवसायीक विकासमा योगदान पुग्ने वताए ।

  फर्निचरका लागि अनलाईनबाट समेत अडर गर्न सकिने व्यवस्था रहेको सो अवसरमा जानकारी गराइयो । नेपालमा हाल भिवोन ब्राण्डका फर्निचरका २८ वटा शाखा सञ्चालन रहेको मार्केटिगं प्रमुख श्रीवास्तवले जानकारी गराए ।