धनकुटा । मध्यपान, धुम्रपान त्यागौं स्वस्थ रहुँ मुटु बचाऔं भन्ने अभियान सहित मिनी म्याराथुन दौड प्रतियोगिताका साथमा धनकुटामा विश्व मुटु दिवस मनाईएको छ ।
पुर्व प्रहरी संस्था जिल्ला कार्य समिति धनकुटाको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा ६ जना महिला र ३० जना पुरुष गरि ३६ जनाको सहभागिता रहेको थियो ।
प्रतियोगिता पहिलो हुने पुरुषमा नेपाली सेनाका रोसन तामाङ्ग, दोस्रो सविन राई, तेस्रो सुसिल लिम्बु रहनु भएको छ भने महिला तर्फ नेपाली सेनाका रेनुका पाख्रिन तामाङ्ग, दोस्रो मन्दिरा तामाङ्ग, तेस्रो एलिना लिम्बु रहनु भएको छ । 
नगद सहित प्रमाणपत्र, व्याजले प्रतियोगिताका विजयिहरुलाई प्रमुख अतिथि नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङ्ग, पुर्ब डि आइ. जि. दिनेश आमत्य, बरख गण का गणपती प्र. से. दुर्गा बहादुर थापा, जिल्ला प्रहरी कार्यालय धनकुटा प्रहरी प्रमुख नकुल पोख्रेललगायतले पुरस्कृत गर्नु भएको छ । 
मुटुलाई स्वस्थ राख्न विश्व मुटु दिवसको अवसर पारेर दौड प्रतियोगिताको आयोजना गरिएको पुर्ब प्रहरी हुद्दा योगेन्द्र कार्कीले जानकारी दिनुभयो ।
उक्त अवसरमा बोल्नुहुदै मुटुलाई स्वस्थ्य राख्न सके सुखमय भएर जीवन समृद्ध हुन्छ । सबैजनाले आफ्नो मुटु स्वस्थ राख्दै आफू स्वस्थ्य बनौं । सबै जनाको मुटुलाई स्वस्थ राखी आफू पनि स्वस्थ हुन पेरित गरौं भन्दै मुटुलाई स्वास्थ्य राख्नको लागि नियमित व्यायम, चेकजाँच र खानपिनमा परिवर्तन आवश्यक रहेको प्रमुख अतिथि नगर प्रमुख तामाङ्गले बताउनु भयो ।




















