इटहरी । इटहरी आदर्श जायन्ट्सको आयोजनामा कर्पोरेट क्षेत्रलाई लक्षित गर्दै ‘इन्डोर सुपर सिक्स क्रिकेट टुर्नामेन्ट’ आयोजना हुने भएको छ। कामसँगै खेलकुद, नेटवर्किङ र मनोरञ्जनलाई जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा विभिन्न कर्पोरेट क्षेत्र तथा संस्थाका टोलीलाई सहभागी हुन आह्वान गरिएको छ।

आयोजकका अनुसार प्रतियोगितामा प्रति टोली ६ जना खेलाडी रहनेछन्। प्रतियोगिताको मिति भने चाँडै सार्वजनिक गरिने जनाइएको छ। खेल इन्डोर मैदानमा सञ्चालन हुनेछ।

प्रतियोगितामा सहभागी हुन प्रति टोली १० हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत विशेष सम्मान गरिने आयोजकले जनाएको छ। बेस्ट बलरबेस्ट ब्याट्सम्यानलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।

आयोजकले प्रतियोगितालाई केवल क्रिकेट प्रतियोगिताका रूपमा मात्र नभई विभिन्न कर्पोरेट क्षेत्रका व्यक्तिहरूबीच सम्बन्ध विस्तार, सहकार्य र नेटवर्किङ गर्ने अवसरका रूपमा समेत प्रस्तुत गरेको छ। ‘Let’s Play | Network | Build Stronger Together’ भन्ने नारासहित प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोली तथा कर्पोरेट क्षेत्रका प्रतिनिधिहरूले ९८५२०३७६२५ मा सम्पर्क गरी दर्ता तथा थप जानकारी लिन सक्नेछन्।