पथरी । नेपाली कग्रेसको १४ औ महाधिवेसनको रौनक यतिवेला वडा देखी केन्द्र स्तर सम्म लागेको छ ।आगामी ५ वर्षका लागि बलियो काग्रेस समृद्ध नेपाल बनाउने नेतृत्व छान्न् भरखै मात्र काग्रेसको पहिलो चरणको वडा अधिवेसन सम्पन्न् भएको छ ।
जसले उपल्लो स्थानको नेतृत्व चयनका लागि क्षेत्रिय प्रतिनिधि वडा कार्यसमितिको चयन गरिसकेको छ । यति बेला नेपाली काग्रेसमा आवद्ध नेता कार्यकर्तालाई पालिका स्तरीय अभिवेसनले छपक्कै छोपेको छ । पालिका स्तरिय नेतृत्वको बाघडोर सम्हाल्न् यति बेला सभापति, उप-सभापति, सचिव र सह-सचिव पदमा उम्मेद्वारी घोषणा धमाधम हुन थालेको छ ।
सोही क्रममा पथरीशनिश्चरे नगर सचिवको पदमा पथरीशनिश्चरेका लोकप्रिय युवा सोमबहादुर कटुवाल (सन्तोष) ले पनि आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । नेपाली काग्रेसको युवा संगठन तरुण दल पथरी शनिश्चरेको नगर सभापति भै युवा नेतृत्वलाई सम्हाली सकेका कटुवालले १४ औ महाधिवेसन बाट पार्टी नेतृत्वमा पाइला अगाडी बढाउन लागेका हुन् ।
नेपाली काग्रेसको १३ औ महाधिवेसन बाट तरुण दल नगर सभापतिमा निर्वाचित भै ८ वर्ष सम्म युवाहरुको नेतृत्व गर्न सफल भएका कटुवालले युवाहरुकै माग बमोजिम आफु १४ औ महाधिवेसन बाट पार्टी राजनितिमा पाइला टेक्ने हिम्मत गरेको बताए ।
विधार्थी जिवन काल देखी नै नेपाली काग्रेस पार्टीमा आस्था राख्दै काग्रेसको निति नियम र पद्धतिमा रहेर जिवनको युवा जोसजागर लाई सुम्पेका कटुवालले पदिय जिम्मेवारी भन्दा बाहिर रहेर पनि काग्रेसपार्टीको गतिविधिमा सामेल हुदै आएका छन् ।
२०६२/६३ को जन-आन्दोलन होस या अन्य जनभावना विरोधि क्रियाकलाप हुन्, कटुवाल जनन्याय स्थापित गर्न अग्रभागमा रहेर सघर्ष गर्ने र आवाजलाई बुलन्द गर्ने युवाका रुपमा पथरी शनिश्चरेमा स्थापित व्याक्ति हुन् ।
पथरी शनिश्चरेमा पार्टीमा मात्र नभएर अन्तरपार्टीमा पनि राम्रो छवि बनाएका युवा व्यावसायी कटुवालले पार्टीको अस्तीत्व र गरिमा उँचो राख्न् युवाहरुलाई अवसर दिनुपर्ने मत राख्दछन् । बलियो काग्रेस र समृद्ध नेपाल बनाउन नेपाली काग्रेसले अवको दिनमा पाकालाई सम्मान र युवालाई प्रोत्साहान गर्दै लग्नु पर्ने उनको तर्क छ ।
२०६२/६३ को जन-आन्दोलन बाट प्राप्त उपलव्धि लोकतन्त्र र संविधानको रक्षा नै भावि पिढीको मुल चुनौती भएका कारण सोको रक्षा र अधुनिकीकरण गर्नका लागि पनि नेपाली काग्रेस पार्टीमा युवाहरुलाई अवसर दिदै लग्नु पर्ने मान्यता उनमा छ ।
उमेरका हिसावले ३५ औ वसन्तका पाइलाहरु उचालिरहेका कटुवाल जति पार्टी राजनितिमा सक्रिय देखिन्छन् त्यति नै उनि सामाजिक सेवामा पनि सर्मपित छन् ।
कटुवालले राजनिति र सामाजिक कार्यलाई सग-सगै अगाडी बढाइ रहेका छन् २०७० बाट कटुवालले स्थानिय एक जनचेतना युवा क्वलमा अध्यक्षको भुमिकामा रहेर सो क्वलको नेतृत्व गर्दै सामाजिक सेवामा प्रवेस गरेका हुन् ।
यस्तै पथरी बाट साप्ताहिक रुपमा युवा पाठकलाई लक्षित गरी प्रकाशनमा ल्याइएको क्रेजी साप्ताहिक प्रत्रिकाको उपाध्यक्ष र हिट्स नेपालको तालिम व्यावस्थापक भएर सामाजिक सघ सस्थाको नेतृत्व पनि गरेका युवा हुन् ।
यस्तै कटुवाल गौरीभक्त होटल म्यानेजमेन्टको म्यानेजिङ डाइरेक्टरको रुपमा पनि आवद्ध रहेका छन् ।
पेशागत रुपमा गौरीभक्त होटल म्यानेजमेन्टमा आवद्ध रहेका कटुवाल राजनितीमा जनसेवाको भावका कारण आफु लागि परेको बताउछन् । राजनिति पेशा की सेवा भन्ने सवालमा कटुवालको परिभाषा भिन्न रहेको छ उनि भन्छन्-“पछिल्लो समय पार्टी र राजनितिमा शक्ति संचय र पेशागत रुपमा हुने कर्तुृत लाई ढाकछोप गर्न केही व्याक्तिहरुले राजनिति र पार्टीलाई प्रयोग गर्ने परीपाटी मौलाउदै गएको छ, यो प्रवृति गलत हो, जसका कारण राजनैतिक पार्टी र राजनैतिक सस्कार नै दुषित भएको छ, त्यसैले राजनिति र पार्टीलाई निर्मलीकरण गर्न युवा शक्ति, युवा जागरण र आधुनिकताको युवा विचारलाई एकिकृत गर्न अवको नेतृत्व युवाले गर्नु पर्ने मान्यतामा आफु अढिग छु।” भनि उनि व्याख्या गर्दछन् ।
युवा शक्तिलाई अवसर र प्रोत्साहन दिनुपर्ने धारणा कटुवालमा भएतापनि नेपाली काग्रेस पार्टी विभिन्न गुट र उप-गुटमा विभाजित छ । पार्टीको नेतृत्वमा पुग्नका लागि उम्मेद्वारलाले कुनै न कुनै नेताको आर्शिवाद र साथ पाउन सके मात्र नेतृत्व हत्याउन सक्ने देखीन्छ, तर कटुवाल भने आफु नेतृत्व हत्याउन कै लागि कुनै पनि गुट र उप-गुटमा नलाग्ने बताउछन् । संगठनलाई दर्विलो र राजनितिलाई सु-सस्कारी मर्यादित सेवा बनाउन पार्टीको नेतृत्व चयनमा स्वच्छ प्रतिस्पर्धा हुनु पर्ने र आफु त्यही प्रतिस्पर्धा बाट अगाडी आउनेमा विश्वस्त रहेको उनि बताउछन् ।
स्वच्छ प्रतिस्पर्धा बाट आगाडी आएको नेतृत्वले मात्र जनमुखी, सेवामुखी, परोपकारी, भ्रष्टाचार विरोधि, विकृति र विसङगति माथी आवाज उठाउन सक्ने भएका कारण नेतृत्व चयन गर्नु पर्ने बेलामा प्रतिनिधिहरुले बलियो काग्रेस सबल नेपाल बनाउन विवेकपुणर् निणर्य गर्नु पर्ने उनको तर्क रहेको छ ।
नेपाली काग्रेसको १४ औ महाधिवेसनको नगर स्तरिय नेतृत्व चयनका लागि आगामी असोज १६ गते मतदान हुदै छ । मतदानमा १ जना नगर सभापति पदमा ४ जना प्रत्यायासीहरु चुनावी मैदानमा उत्रदैछन् । प्रत्यायासीहरुमा रुपनारायण भट्टराई, लोकनाथ खरेल, ईश्वर थापा र पशुराम कार्कीको दावि आएको छ ।
यस्तै २ जनाको उप-सभापति पदमा सन्तोष कार्की, कुल बहादुर गुरुङ रहेका छन् । यस्तै २ जनाको सचिव पदमा सोमबहादुर कटुवाल सन्तोष, लक्ष्मि दुलाल, टाइवान राई र पर्शु गुरुङ रहेका छन् । यस्तै २ जनाको सह-सचिव पदमा खगेन्द्र बस्नेत, सागर बराल र भरत थापा मैदानमा रहेका छन् ।
१० वटा वडामा विभाजित पथरीशनिश्चरे नगरपालिका मा नेपाली काग्रेसको वडा स्तरिय अभिवेसन बाट २ सय ३ जना प्रतिनिधि उपल्लो स्थानको नेतृत्व चयन र माथील्लो स्थानको नेतृत्व दावि गर्न चुनिएर आई सकेका छन् ।



















