मोरङ । नेपाली काग्रेसको बुधबार भएको चौधौ वडा अधिवेशनबाट उर्लाबारी र मिक्लाजुङमा क्षेत्रिय सभापति खड्ग बहादुर फागोका प्रतिनिधि हरुको वर्चश्व रहेको छ ।

उर्लाबारी  नगरपालिका र मिक्लाजुङ गाउपालिकाका ९ वटै वडामा सभापति फागो पक्षका उम्मेद्वारहरु विजयी भएका छन् । 

दुवै पालिकाका वडा नम्बर १ देखी ९ सम्म सवै वडामा सभापति फागो पक्षकै उम्मेद्वारहरु वडा सभापति र क्षेत्रिय प्रतिनिधिमा निर्वाचित हुदा दुवै पालिकामा फागो पक्षको ९० प्रतिशत विजयी भएको दावि छ ।

यस्तै लेटाङमा क्षेत्रिय सभापति फागो पक्षको ५ वडामा राम्रो देखिएको छ भने केरावारी गाउपलिकामा ६ वटा वडामा सभापति फागो पक्षकै प्रतिनिधिहरु निर्वाचित भएका छन् ।

उर्लाबारी र मिक्लाजुङमा ९० प्रतिशत क्षेत्रिय प्रतिनिधि फागो पक्षका निर्वाचित हुदा लेटाङ र केरावारी गाउपालिकामा भने लगभग ७० प्रतिशत मात्र आफ्नो पक्षका प्रतिनिधिहरु रहेका छन् ।

यस्तै नेपाली कांग्रेस उर्लाबारीको वडा अधिवेशनबाट उर्लाबारीमा नेपाली काग्रेसका हस्ती मानिएका नेताहरु  क्षेत्रिय प्रतिनिधिमै पराजित बनेका छन् ।

बुधवार सम्पन्न नेपाली काग्रेसको १४ औ महाधिवेसनमा क्षेत्रिय प्रतिनिधिमा उम्मेद्वारी दिएका उर्लाबारीका नेपाली काग्रेसका नेताहरु नेविसघ पूर्व केन्द्रिय सदस्य भिम थापा, नेविसघ पूर्व जिल्ला अध्यक्ष मुक्ति प्रकाश न्यौपाने, प्रदेश सभा सभापति प्रकाश थापा र मोरङ जिल्ला प्रचार विभाग सदस्य तथा वडा नम्वर ५ का वडाध्यक्ष भानु भक्त शर्मा पराजुलीले हार व्यहोरेका छन् । 

यस्तै उर्लाबारी नगर सभापतिमा उम्मेद्वारीको घोषणा गरिसकेका उर्लाबारी वडा नं. ८ का मुक्तिप्रकाश न्यौपाने वडाबाटै पराजित बनेपछि उनको नगरसभापतिको उम्मेद्वार बन्ने यात्रामा पूणर्विराम लागेको छ ।

क्षेत्रीय प्रतिनिधिमा न्यौपाने पराजित भएसँगै उनी अब सभापतिको उम्मेद्वार बन्न पाउने छैनन् । उनी नेपाल विद्यार्थी संघको मोरङ सभापतिसमेत भइसकेका छन् ।

त्यस्तै, नेविसघ पूर्व केन्द्रिय सदस्य भिम थापा पनि पनि वडाबाटै क्षेत्रीय प्रतिनिधिमा पराजित बन्न पुगेका छन् । उनी उर्लाबारी वडा नं. २ बाट क्षेत्रीय प्रतिनिधिको उम्मेद्वार बनेका थिए । 

सामाजिक संजाल फेसबुकमा बर्तमान प्रधानमन्त्रि शेरबहादुर देउवा र गृहमन्त्रि बालकृष्ण खाणको चर्चा गरेर नथाक्ने थापालाई कृयाशिल सदस्यहरुले पत्याएनन् ।

त्यस्तै, मोरङ क्षेत्र नं. १ (क) का सभापति प्रकाश थापा पनि क्षेत्रीय प्रतिनिधिमा वडा बाटै पराजित बन्न पुगेका छन् । उर्लाबारी वडा नं. ३ बाट उनी क्षेत्रीय प्रतिनिधिको उम्मेद्वार बनेका थिए । 

यस अघिका अधिवेसनमा वडा नम्वर ३ मा थापाका उम्मेद्वारहरुले विजयी हासील गर्दै आएको भएतापनि यस पटक भने उनि सहित उनका उम्मेद्वारहरुले नराम्रो सग पराजय भोग्नु पर्‍यो ।

थापाको समुह बाट वडा कार्यसमितिमा सभापति पदमा उम्मेद्वार बनेका चेतन कोइराला रोहीत कार्की सगको प्रतिष्पर्धामा निरीह सावित भए । सभापति पदमा कार्कीले १ सय ४० मत ल्याउदा कोइरालाले ४८ मत मात्र प्राप्त गरे ।

त्यस्तै, उर्लाबारी तरुण दलका पूर्व सभापति नारायण सिटौला पनि वडाबाटै क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् । 

चौधौ अधिवेसन आउनु केही समय अगाडी देखी राजनितिमा सकृय भएका सिटौला वडामै पराजित भएका हुन् ।

सिटौला यस अघि तरुण दल उर्लाबारी नगरसभापतिमा निर्वाचित भएता पनि विगत लामो समय देखी उनले तरुणको राजनिति छोडेर व्यावसायमा लागेको भनेर कार्यवहाक सुम्पेर राजनितिमा निस्कृय भएका थिए ।

तर अधिवेसन आउनै लाग्दा सिटौलाले आफुले छोडेर गएको पदमा फर्केको भनेर फिरन्ते शैलिमा प्रचार गर्दै आएका थिए । उनको त्यो शैलीलाई पनि वडा नं. ४ का क्रियाशिल सदस्यहरुले अन्त्य गर्दिएका छन् ।

त्यस्तै, नेपाली काग्रेस मोरङ जिल्ला प्रचार विभाग सदस्य तथा उर्लाबारी वडा नं. ५ का वडाध्यक्ष एवम उर्लाबारी नगरपालिकाको प्रवक्ता भानुभक्त शर्मा पराजुली पनि क्षेत्रीय प्रतिनिधिमा वडाबाटै पराजित बनेका छन् । 

त्यस्तै, नेपाल तरुण दल मोरङका सचिब सचिन शाक्य पनि वडा नं. ६ मा आफु कमजोर देखिएपछि विभिन्न बहाना बनाउदै अधिवेशन बहिस्कारको घोषणा गरी क्षेत्रीय प्रतिनिधिमा उम्मेद्वारी नै नदिएको बजारमा चर्चा छ ।

यस्तै नेपाली काग्रेस उर्लाबारी नगर सभापति वीरवल थापा पनि आफ्नो वडामा कमजोर देखिएका छन् । लामो समय नगर सभापति भएर कार्यभार सम्महाली सकेका थापाले नगरमै पकड राख्ने चर्चा चलेता पनि अन्तत उनि वडामै कमजोर बन्न् पुगेका छन् ।

पार्टीको आन्तरिक राजनीतिमा प्रभावशाली मानिएका थापाले यस पटक क्षेत्रिय प्रतिनिधिमा तेस्रो स्थानको मत परिणाम ल्याएर आफ्नो स्थान सुरक्षित गरे । यसअघिका चुनावमा वडामा उनैले समर्थन गरेको उम्मेदवारहरुको बर्चश्व रहने गरेको थियो ।

यो चुनावमा खड्ग फागो पक्ष र थापा-कार्की-अधिकारी पक्षको प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएको थियो । थापा-कार्की-अधिकारी पक्षमा प्रकाश थापा, सीता कार्की, विजय कार्की, वीरबल थापा,केशव कार्की,ललित अधिकारी, भानु पराजुली, भीम थापा, मुक्ती न्यौपाने, प्रकाश खड्गी,जयधर्म आचार्य, तेजकुमार लगायत कांग्रेसका पुराना हस्तीहरु छन् । फागो पक्षमा नयाँ क्रियाशिल, तरुण दल र नेविसंघका नेता/कार्यकर्ता छन् ।

बुधबार भएको वडा अधिवेशनबाट उर्लाबारी र मिक्लाजुङमा झण्डै ९० प्रतिशत क्षेत्रीय प्रतिनिधि आउदा उर्लाबारी वडा नम्वर ७ मा भने अन्य वडाका तुलानामा कम रहेको देखिएको छ ।

उर्लाबारीमा वडा नम्वर ७ बाहेक अधिकांश वडामा आफु निकट उम्मेद्वारहरुले विजयी हासिल गरेपछि मोरङ क्षेत्र नं. १ का सभापति तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले कुनै गुट वा समुहको जित नभएर समाजवाद, लोकतन्त्रमा आस्थावान काग्रेसीहरुको जित भएको प्रतिक्रिया दिएका छन् ।

जनता र पार्टी कार्यकर्ताहरुको हितमा काम गर्ने उम्मेद्वारहरुलाई क्रियाशिल सदस्यहरुले विजयी गराउनु भएको छ,वडा नम्वर ७ मा भने समय अभवाका कारण अन्य वडामा जस्तो  परिणाम ल्याउन सकिएन २ दिनको समयमा गरिएको कसरत बाट सो वडामा वडा सभापति सहित राम्रै सङख्यामा प्रतिनिधि आएको उनले बताए ।