मोरङ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङको उर्लाबारीमा बुधबार भएको वडा नम्वर ३ को सभापतिमा राेहित कार्कि विजयी भएका छन् ।

कार्कीले सभापतिका प्रत्यायसी चेतन कोइरालालाई फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

बुधबार भएको निर्वाचनमा कार्कीले १ सय ४० मत ल्याए भने उनका प्रत्यायासी कोइरालाले ४८ मत ल्याएका थिए ।

यस्तै उपसभापतिमा पुष्प प्रसाद पोखे्रल १ सय ३७ र सुरेन्द्र निरौला १ सय २ मत ल्याई विजयी भएका छन् । भने सचिवमा प्रदिप सग्रौला १ सय २७ मत ल्याई विजयी भएका छन्  जहा साजन कुवर ९९ र खिलराज भट्टराई ९९ मत ल्याई बराबरी भएपछि भाग्य चिठ्ठा प्रणाली बाट साजन कुवर विजयी भएका छन् ।

यस्तै क्षेत्रिय प्रतिनिधिमा प्रतक्ष तर्फ सर्वाधिक मत ल्याएर अर्जुन तुम्रोक विजयी भएका छन् ।

उनले क्षेत्रिय प्रतिनिधि प्रतक्ष तर्फ सर्वाधिक १ सय ४१ मत प्राप्त गरे भने गञ्ज बहादुर कार्कीले १ सय २४, सोम तिम्सीनाले १ सय १८,  भैरव कार्कीले १ सय १३, सुभाष भण्डारीले १ सय २ र कृष्ण गिरीले ९६ मत ल्याइ विजयी भएका छन् ।

यस्तै खस आर्य तर्फ पुरुष तर्फ रमेश सुवेदी १ सय ९, र रेश बहादुर कटुवाल ८९, त्यस्तै खस आर्य महिला खुल्ला तर्फ निर्मला खड्का १ सय ३ मत र जनजाति तर्फ सुवाश लामा १ सय ४७ र उमेश धिमाल १ सय १ मत ल्याई विजयी भएका छन् ।

यस्तै खस आर्य महिला प्रतक्ष तर्फ इन्दु भट्टराई कार्की १ सय ३५, तुलसा देवी घिमिरे १ सय १३ मिना ढकाल १ सय २१ मत ल्याई विजयी भएका छन् ।

बुधबार भएको वडा अधिवेशनमा क्षेत्रीय सभापति खड्ग फागो समूहले वर्चश्व कायम गरेको हो । उर्लाबारीका नौ वटै वडा सभापतिमा फागो समूहका उम्मेद्वार विजयी भएका छन् भने अधिकांश क्षेत्रीय प्रतिनिधि सोही समूहका विजयी भए ।

नगरका तीन वटा वडामा सर्वसम्मत नेतृत्व चयन भयो भने अन्य वडामा निर्वाचन भएको थियो । वडा नं. १, ६ र ९ मा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत् चयन भएको हो । वडा नं. १ मा गोविन्द भट्टराई, वडा नं. ६ मा महेन्द्र श्रेष्ठ र वडा नं. ९ मा कैलाश थापा मगर निर्विरोध निर्वाचित भए 

यस्तै, वडा नं. २ मा रुद्र बराल वडा नं. ४ मा प्रेम याक्खा, वडा नं. ५ मा रोहित थापा, वडा नं. ७ मा मदनबाबु प्रसाई, वडा नं. ८ मा कोमल खतिवडा वडा सभापतिमा निर्वाचित भएका छन् । 

वडा सभापतिसहित वडा नं. ७ मा तीन जना क्षेत्रीय प्रतिनिधि फागो पक्षका विजयी भएका छन् भने सो वडाका अन्य क्षेत्रीय प्रतिनिधि फागो इत्तर प्यानलबाट विजयी भएका छन् । वडा नं. २ मा एक जना फागो इत्तरका विजयी भए । अन्य सबै वडामा क्षेत्रीय सभापति फागो समूहका विजयी भएका छन् ।

हस्तीहरु वडामै पराजित

क्षेत्रीय प्रतिनिधिको उम्मेद्वार रहेका कतिपय हस्ती वडामै पराजित भएका छन् । नेपाली काँग्रेस मोरङ १ (क) का क्षेत्रीय सभापति प्रकाश थापा कृष्ण गिरी सग ९ मतले पराजित भएका छन् । क्षेत्रिय प्रतिनिधिमा छैठौ स्थानको मतपरिणाम ल्याएका विजयी भएका गिरीको ९६ मत आएको छ भने उर्लाकारीमा काग्रेसको हस्तीका रुपमा चिनिएका थापाको ८६ मत रहेको छ । 

यस्तै नगर सभापतिको उम्मेद्वारी घोषणा गरेका नेविसंघ मोरङका पूर्व सभापति मुक्ति न्यौपाने, उर्लाबारी नगरपालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुली, नेपाल तरुण दल उर्लाबारीका सभापति नारायण सिटौला क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् । थापा वडा नं. ३, न्यौपाने वडा नं. ८, पराजुली वडा नं. ५ र सिटौला वडा नं. ४ बाट क्षेत्रीय प्रतिनिधिको उम्मेद्वार बनेका थिए ।