मोरङ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङको उर्लाबारीमा बुधबार भएको वडा नम्वर २ को सभापतिमा रुद्र बराल विजयी भएका छन् ।
बरालले वडा सभापतिका प्रत्यायसी पुष्पराज थापा र टंक कटुवाललाई पराजित गरी निर्वाचित भएका हुन् ।
बुधबार भएको निर्वाचनमा बरालले १ सय ७ मत, कटुवालले ८ र पुष्पराज थापाले ६४ मत ल्याएका थिए ।
यस्तै क्षेत्रिय प्रतिनिधिमा प्रतक्ष तर्फ सर्वाधिक मत ल्याएर वडा अध्यक्ष राजन कुमार कडेल विजयी भएका छन् ।
उनले क्षेत्रिय प्रतिनिधि प्रतक्ष तर्फ सर्वाधिक १ सय ३१ मत प्राप्त गरे भने टंक बहादुर राईले १ सय ३, शेर बहादुर भण्डारीले ९९, खगेन्द्र थापाले ८६, चिरञ्जिवि थापाले ८३ र ज्योति थापाले ७६ मत ल्याई विजयी भएका छन् ।
यस्तै खस आर्य तर्फ भत्त बहादुर बस्नेत ९१ र लक्ष्मण ढकाल ८१ त्यस्तै खस आर्य महिला खुल्ला तर्फ खड्ग कुमारी निरौला ठुल दिदिको सर्वाधिक १ सय २९, बानु सुब्बाको १ सय ६ र संजिता धिमालको १ सय २ मत रहेको छ ।
यस्तै खस आर्य महिला तर्फ रिता बुढाथोकी ९९ मत, आदिवासी जनजाति महिला तर्फ बुद्धिमाया धिमाल ९७ र दलित तर्पm फुलसरी विश्वकर्मा १ सय १० मत ल्याई विजयी भएका छन् ।
बुधबार भएको वडा अधिवेशनमा क्षेत्रीय सभापति खड्ग फागो समूहले वर्चश्व कायम गरेको हो । उर्लाबारीका नौ वटै वडा सभापतिमा फागो समूहका उम्मेद्वार विजयी भएका छन् भने अधिकांश क्षेत्रीय प्रतिनिधि सोही समूहका विजयी भए ।
नगरका तीन वटा वडामा सर्वसम्मत नेतृत्व चयन भयो भने अन्य वडामा निर्वाचन भएको थियो । वडा नं. १, ६ र ९ मा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत् चयन भएको हो । वडा नं. १ मा गोविन्द भट्टराई, वडा नं. ६ मा महेन्द्र श्रेष्ठ र वडा नं. ९ मा कैलाश थापा मगर निर्विरोध निर्वाचित भए ।
यस्तै, वडा नं. ३ मा रोहित कार्की, वडा नं. ४ मा प्रेम याक्खा, वडा नं. ५ मा रोहित थापा, वडा नं. ७ मा मदनबाबु प्रसाई, वडा नं. ८ मा कोमल खतिवडा वडा सभापतिमा निर्वाचित भएका छन् ।
वडा सभापतिसहित वडा नं. ७ मा तीन जना क्षेत्रीय प्रतिनिधि फागो पक्षका विजयी भएका छन् भने सो वडाका अन्य क्षेत्रीय प्रतिनिधि फागो इत्तर प्यानलबाट विजयी भएका छन् । वडा नं. २ मा एक जना फागो इत्तरका विजयी भए । अन्य सबै वडामा क्षेत्रीय सभापति फागो समूहका विजयी भएका छन् ।
हस्तीहरु वडामै पराजित
क्षेत्रीय प्रतिनिधिको उम्मेद्वार रहेका कतिपय हस्ती वडामै पराजित भएका छन् । नेपाली काँग्रेस मोरङ १ (क) का क्षेत्रीय सभापति प्रकाश थापा, नगर सभापतिको उम्मेद्वारी घोषणा गरेका नेविसंघ मोरङका पूर्व सभापति मुक्ति न्यौपाने, उर्लाबारी नगरपालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुली, नेपाल तरुण दल उर्लाबारीका सभापति नारायण सिटौला क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् । थापा वडा नं. ३, न्यौपाने वडा नं. ८, पराजुली वडा नं. ५ र सिटौला वडा नं. ४ बाट क्षेत्रीय प्रतिनिधिको उम्मेद्वार बनेका थिए ।



















